आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालको वायु प्रदूषणस्तर विश्वकै खराब पाँच मुलुकभित्र

  • प्रकाशित मिति : आइतवार, माघ १४, २०७४



  • नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा गरेको हालै सार्वजनिक ‘इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा छ ।

    प्रतिवेदनमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । भारत र बंगलादेश नेपालभन्दा बढी प्रदूषितको सूचीमा छन् । यो खबर अब्दुल्लाह मियाँले आजको कान्तिपुरमा लेखेका छन्।

    प्रतिवेदनले वायु प्रदूषणलाई विश्वमै प्रमुख वातावरणीय स्वास्थ्यको खतराको सूचकका रूपमा व्याख्या गरेको छ । विगतमा गरिएका विभिन्न अध्ययनले पनि नेपाल (काठमाडौं) सहित भारत (नयाँदिल्ली) र बंगलादेश (ढाका) वायु प्रदूषणका हिसाबले अग्रस्थानमा देखाउने गरेका थिए ।

    १ सय ८० देशमध्ये स्विट्जरल्यान्डमा वायु प्रदूषणको गुणस्तर सबैभन्दा राम्रो रहेको अध्ययनको निष्कर्ष छ । उक्त देश पहिलो स्वच्छ मुलुकको सूचीमा परेको छ । अध्ययनले १८० मध्ये २४ देशमात्र वातावरणीय स्वास्थ्य/वायु प्रदूषणको मात्राका हिसाबले तोकिएको मापदण्डभित्र परेका छन् । वातावरण र स्वास्थ्यका १० ‘पार्टिकुलेट्स’ लाई आधार मानेर वातावरणीय अवस्थाबारे अध्ययन गरिएको हो ।

    दक्षिण एसियाका नेपालसहित भारत र बंगलादेशको वायु प्रदूषणको गुणस्तर सबभन्दा खराब पाइएको छ । वायुको गुणस्तरका हिसाबले नेपालको स्तर ३१.४४ छ भने भारतको नेपालभन्दा कम ३०.५७ र बंगलादेशको २९.५६ छ । १८० देशमध्ये बुरुन्डीमा वायु प्रदूषणको गुणस्तर सबभन्दा खराब रहेको पाइएको छ । उसको स्तर २७.४३ मात्र छ । त्यस्तै, अफ्रिकी मुलुक कंगोको वायु प्रदूषणको गुणस्तर पनि खराबमध्ये परेको छ । उसको स्तर ३०.४१ मात्र छ । फ्रान्स, डेनमार्क, माल्टा र स्विडेन वायु प्रदूषणको गुणस्तर राम्रो हुने मुलुकमा समावेश छन् । ती देशमा अधिकांश यातायात विद्युतीय छन् भने वातावरणमैत्री यातायात व्यवस्थापन र सडक सञ्जालसमेत छ । ती देशमा प्रदूषण रोक्न साइकल प्रवद्र्धन गरिएको छ । नेपाललगायत एसियाली मुलुकमा यातायातका साधन नै प्रदूषणका मुख्य स्रोत हुन् । नेपालमा अधिकांश पुराना सवारीसाधन चल्ने र सडकको गुणस्तरसमेत कमजोर भएकाले प्रदूषण बढी हुने गरेको विशेषज्ञहरू बताउँछन् ।

    ईपीआईको प्रतिवेदनअनुसार अमेरिका प्रदूषण गुणस्तरका हिसाबले २७ औं स्थानमा छ । सरसफाइ र वायुको गुणस्तरको मात्रा राम्रो भए पनि अमेरिकामा हानिकारक हरितगृह ग्यास उत्सर्जन अत्यधिक भइरहेको उल्लेख छ । वायु प्रदूषणको गुणस्तरका हिसाबले छिमेकी मुलुक चीन १२० औं स्थानमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij