गीतमा शब्द अर्जुन भट्टराईकोरहेको छ भने संगीत र स्वर कालिप्रसाद बास्कोटाको रहेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजानिक गरिएको थियो । गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसंगै पल शाह र आँचल शर्माको जोडीलाइ पनि दर्शकले देख्न पाउनेछन् ।
फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।
