आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल हुने

  • प्रकाशित मिति : शुक्रबार, माघ १९, २०७४



  • चितवन, माघ १९ । चितवनमा पहिलोपटक ‘मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल’ प्रतियोगिता हुने भएको छ भरतपुर महानगरपालिका वडा नम्बर–२२ को आयोजनामा यही माघ २७ देखि फागुन १ गतेसम्म पर्यटकीय नगरी पटिहानीमा प्रतियोगिता आयोजना हुन लागेको हो ।शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी वडा–२२ का वडाध्यक्ष विष्णुराज महतोले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकोजानकारी दिए ।

      उनकाअनुसार प्रतियोगितामा बंगलादेशको राष्ट्रिय महिला भलिबल टिम र भारतको फ्रेन्च क्लब कोलकातासहित नेपालका विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा पश्चिमाञ्चल भलिबल संघको टिम र न्यू डाइमन्ड एकेडेमी काठमाडौंको सहभागिता रहनेछ ।

     

    प्रतियोगिता विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचार–प्रसार समितिका संयोजक रामहरि सेढाइँले जानकारी दिए । यस्तै, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ र अरु चार विधामा उत्कृष्ट हुने खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij