मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

नेपालका २५० चामल उद्योग बन्द, भारतबाट धमाधम चामल आयात

  • प्रकाशित मिति : मङ्लबार, माघ २३, २०७४



  • पर्सा, माघ २३ । भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् ।

    स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् ।

    एक वर्षयता केही उद्योगले भारतबाट चामल ल्याएर आफ्नो ब्रान्डका बोरामा प्याक गरी बजारमा पठाउन थालेपछि आफैं चामल उत्पादन गर्ने उद्योगहरू झन् समस्यामा परेका छन् । प्रसौनीस्थित राइस मिल व्यवसायी विनय साह ७ वर्षअघिसम्म पर्सा बारामा करिब ३ सयको संख्यामा रहेका चामल उद्योगमध्ये २ सय ५० बन्द भइसकेका बताउँछन् । हाल ४०/५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधाजसो संकटग्रस्त भएर बन्द हुने अवस्थामा रहेको उनले बताए ।

    अवैध बाटोबाट पनि दैनिक ठूलो परिमाणमा चामल भित्रिन्छ । पेसेवर ढुवानीकर्ताहरूले वीरगन्जका किराना पसलहरूसम्मै चामल ढुवानी गरी ल्याइदिने गरेकाले नेपाली चामलभन्दा सस्तो पर्ने भारतीय चामल सहजै बजारमा पाइन्छ ।

    एक अर्बको चामल आयात

    चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा वीरगन्ज नाकाबाट झन्डै १ अर्ब रुपैयाँको चामल आयात भएको छ । भन्सार तथ्यांकअनुसार ९९ करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ९८ लाख किलो चामल आयात भएको छ । गत आवको यसै अवधिमा ८८ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख किलो चामल यो नाकाबाट आयात भएको थियो । तुलनात्मक रूपमा झन्डै २३ लाख किलोभन्दा बढी चामल चालु आवमा आयात भइसकेको छ ।

    २ वर्षअघि ६ महिना लामो बन्द हडतालमा ७ अर्ब रुपैयाँभन्दा बढीको नोक्सान व्यहोरेका यहाँका चामल उद्योगले बन्द हडतालपछि पनि धान अभाव र लोडसेडिङजस्ता समस्या व्यहोर्नुपरेको मोहित एग्रो इन्डस्ट्रिजका व्यवस्थापक एवं वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

    भारतले सार्क मुलुकमा बासमतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेम्प्टेम्बर ९ बाट फुकुवा गरेपछि त्यसयता भारतबाट तयारी चामल ठूलो परिमाणमा आयात हुन थालेको छ । तर, भारतबाट धान आयात गर्न भने झन्झट छ ।

    भारतले धान निर्यातमा कोटा लगाएकाले यहाँका उद्योगीले चाहेजति धान भारतबाट आयात गर्न सक्दैनन् । त्यही धान आयात गर्न दिल्ली पुगेर त्यहाँस्थित कृषि विभागको अनुमति र पटनाबाट पनि त्यसलाई कार्यान्वयन गराउनुपर्ने अवस्था रहेको छ ।

    मुलुकको कुल चामल मागको ४० देखि ५० प्रतिशत आपूर्ति यहाँका उद्योगले नै गर्दै आएका छन् । राजधानीको चामलको आधा बजार पनि यी दुवै जिल्लाका उद्योगले धान्दै आएका छन् । –कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij