आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोहलीको अर्को शतक, तेन्दुल्करको लय पछ्याउँदै

  • प्रकाशित मिति : बिहिबार, माघ २५, २०७४



  • भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५५औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। कोहलीले बुधबार दक्षिण अफ्रिका विरुद्धको तेस्रो एकदिवसीय खेलमा शतक प्रहार गर्दै करिअरको ५५औं शतक प्रहार गरेका हुन्।

    १ सय ५९ बलको सामना गर्दै कोहलीले १ सय ६० रन बनाए ।१२ चौका र २ छक्का प्रहार गरेका उनले ६० रन बाउन्ड्रीबाट प्राप्त गर्दा सय रन कुदेर ल्याएका थिए।

    यो उनको एक दिवसीयमा भने ३४ औं शतक हो। यससँगै उनी सचिन तेन्दुल्करको एक दिवसीयमा ४९ शतकको नजिक पुग्दै छन्। एक दिवसीय क्रिकेटमा सर्वाधिक प्रहार गर्ने खेलाडीहरुको सूचीमा कोहली तेन्दुल्करकै पछि दोस्रो स्थानमा छन् । कोहलीले पछिल्ला ६ खेलमा ४ शतक प्रहार गरेका छन् ।

    यसअघि कोहलीले दोस्रो एकदिवसीय खेलमा पनि शतक प्रहार गरेका थिए। कोहलीले टेस्ट क्रिकेटमा भने २१ शतक प्रहार गरिसकेका छन्।

    उनको यो कप्तानको रुपमा १२औं शतक हो। कप्तानको रुपमा बढी शतक प्रहार गर्ने खेलाडी रिकी पोन्टिङ (२२ शतक) हुन् भने एबी डिभिलियर्सले पनि कप्तानको रुपमा १३ शतक बनाएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij