प्रकाशित मिति : शुक्रबार, माघ २६, २०७४
आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको ओमानको दोस्रो विकेट गुमाएको छ।
ओमानी ओपनर जातिन्दर सिंहदाई लामिछानेले बोल्ड गरेका हुन्।
१०औं ओभरको अन्तिम बलमा लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन्।
यसअघि ओमानी अर्का ओपनर स्वप्निल खाद्येलाई सोमपाल कामीले दोस्रो ओभरको तेस्रो बलमा एलबिडब्लुको धरापमा पारेका थिए।
नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij