आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

थ्रीस्टार बुढासुब्बा गोल्डकप च्याम्पियन, निराजन खड्का सर्वोत्कृष्ट खेलाडी

  • प्रकाशित मिति : शनिबार, माघ २७, २०७४



  • सुनसरी, माघ २७ । थ्रीस्टार क्लबले सुनसरीमा सम्पन्न २०औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    शनिबार धरान रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै थ्रीस्टारले उपाधि चुमेको हो ।

    थ्रीस्टारको जितमा पहिलो हाफको इन्जुरी समयमा अफ्रिकन खेलाडी अजय मार्टिनले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

    उपाधिसँगै थ्रीस्टारले ६ लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको पुलिसले तीन लाखमा चित्त बुझायो ।

    प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता थ्रीस्टारका निराजन खड्का घोषित भए । उनले एकथान यामाहा मोटरसाइकल र २५ हजार रुपैयाँ पाए ।

    यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका क्रमशः एलेन न्यौपाने, लावल वालावाल र मेघराज केसी घोषित भए ।

    उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्टाइकर पुलिसका क्रमशः सुमन लामा र रेजिन सुब्बा घोषित भए । विधागतरुपमा उत्कृष्ट भएकाहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

    प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij