आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पशुपतिमा बाबाजीको भीड

  • प्रकाशित मिति : सोमवार, माघ २९, २०७४



  • आगामी फागुन १ गते हिन्दुहरुको विशेष पर्व महाशिवरात्री काठमाडौंसहित मुलुकभरमका शीव मन्दिरहरूमा मनाइँदैछ। शिवरात्री मनाउन देश तथा विदेशबाट हजारौँको संख्यामा पशुपति क्षेत्रमा भक्तजन आउने गर्छन्। शिवरात्रीका बेला पाशुपत क्षेत्रमा तिर्थालु भक्तजनसँगै बाबाजीहरुको पनि उत्तिकै घुइँचो लाग्नेगर्छ। शिवरात्रीको बेला बाबाजीहरु नेपालकै मात्र नभई भारतलगायतका मुलुकबाट पनि आउने भएकाले पाशुपत क्षेत्रको माहोललाई निकै रोचक तथा रमाइलो हुने गर्छ ।

    यसपालीको शिवरात्रीमा भारतलगायतका मुलुकबाट सयौँको संख्यामा बाबाजीहरु पशुपति आइसकेको र आउने क्रममा जारी नै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बाबाजीहरु पशुपति भित्रिएसँगै त्यस क्षेत्रमा अहिलेदेखि नै भीड सुरु हुन थालेको छ । उनीहरुले मनग्य आम्दानीसमेत गर्ने गरेका छन् ।

    केहि बाबाजी आगन्तुकसँग पैसा माग्छन् भने कतिपय बाबाजीले आगन्तुकलाई गाँजालगायतका नशालु पदार्थ खुलमखुल्ला विक्रि पनि गर्ने गरेका छन् ।

    अघिल्ला वर्षहरुमा भन्दा यसपटक पशुपति क्षेत्रमा बाबाजीहरुको संख्यामा कमी आएको स्थानीयको अनुमान छ। यसपटक पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा सेवन र विक्रिवितरणमा पूर्ण रोक लगाएको छ। सोहि कारणले पनि बाबाजीहरुको पशुपति आकर्षण कम भएको हुन सक्ने स्थानीयले अड्कल छ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij