प्रकाशित मिति : सोमवार, माघ २९, २०७४
नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध नेपालले ५ विकेट गुमाइसकेको छ। १७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गर्दै धमाधम आफ्ना महत्वपूर्ण विकेट गुमाएको हो।
नेपालका लागि सरद भेषवाकर पनि १९ रनको व्यक्तिगत स्कोरमा आउट भए। ५७ बल खेलेका उनले १ चौका प्रहार गरे।
यसअघि कप्तान पारस खड्काले नेपालका लागि केही आशा गर्ने ठाउँ बनाएका थिए। तर १८औं ओभरको पहिलो बलमा खड्का आउट भएका हुन्।
४४ बल खेले खड्काले ४२ रन मात्र बनाउन सके। २ छक्का र ३ चौका प्रहार गरेका उनी ५० रन पुरा गर्न ८ रनले चुकेका थिए।
राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो।
त्यसपछि १४ रन बनाउँदा नेपालले थप दुई विकेट खेर फाल्यो। ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij