आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उत्कृष्ट पटकथा भएका सन् २०१७ का पाँच फिल्म

  • प्रकाशित मिति : सोमवार, माघ २९, २०७४



  • पटकथा फिल्मको स्पन्दन हो। यसैमाथि फिल्म निर्माणका सम्पूर्ण आधारहरू: निर्देशन, अभिनय, पोस्ट प्रोडक्सनले आफूलाई निर्माण गर्छन्। यो सँगै अर्को सत्य के हो भने एउटा राम्रो निर्देशकले खराब स्क्रिनप्लेबाट पनि राम्रो फिल्म बनाउन सक्छ र राम्रो अभिनेताले सपाट चरित्रलाई पूर्ण, तर यो सबै कुरा स्क्रिप्टमा पहिले नै रहेको हुन्छ।

    तल आउने सुचिले सन् २०१७ मा लेखिएका राम्रा पाँच ‘स्क्रिनप्ले’को चर्चा गर्छ। सूचीमा रहेका मध्ये कति पहिलो पटक लेखिएका हुन भने कति अन्य श्रोतमा आधारित छन्। सूचीमा केहि नाम नसुनिएका फिल्म पनि रहेका छन् जो यो सूचीमा पर्ने हक राख्दछन्।

    १. फ्यान्टम थ्रेड (लेखक: पल थोमस एन्डरसन)

    यो फिल्मको स्क्रिनप्लेको खास विशेषता भनेको यसमा थुप्रै कुराहरू एकैपटक प्रस्तुत गरिएको छ। फिल्ममा रहेका बहुआमिक त्तव र विषयले फिल्मलाई आफेमा विशेष बनाएको छ। सुरूमा फिल्मले फेसन कलाको खोज  गरिरहेको जस्तो लाग्छ। तर लेखक एन्डरसनले फिल्मका प्रमुख पात्र रेनोल्डस उडककलाई लुगा डिजाइनमा लिप्त पात्रका रूपमा यसरी प्रस्तुत गरेका छन कि दर्शक पात्रबाट विभक्त नै हुँदैनन्। फिल्म हेरिरहँदा ती पात्र आफ्नो दैनिकीमा हराइरहेका जस्ता लाग्छन तर त्यो पात्रको आफ्नो कामप्रतिको लगाव मात्रै हो। फिल्मको असली जालो त दुई फरक धुर्वका पात्रहरूको अस्वस्थ्य सम्बन्धको जंजालोमा घुमेको छ, जो एकअर्कालाई प्रतिस्थापन गर्न चाहन्छन्।

    एन्डरसनले फिल्ममा उलकक र उनकी गर्लफ्रेण्ड अल्माको सम्बन्ध दुबैलाई हानी गर्दै मृत्युसम्म पुर्याउन खोजेको देखाउने काम गरेका छन्। उनले प्रस्तुत गरेका ती पात्रको बेकारे माया बौद्धिक छैन्। तर, त्यसलाई उनले गहिरो अन्तरस्करणमा मानवियताको बुझाइले रंगाउने काम गरेका छन् । फिल्ममा सहि सम्बन्धको संचारका लागि माया र दयाको मानविय संघर्षलाई पेस गरेका छन्। यस मानेमा एन्डरसनले ‘टेन्सन र सस्पेन्स’का दृश्यहरू यसरी रचेका छन् कि दर्शकहरू भयंकर विष्फोट हुने सोचमा पुग्दछन्।

    त्यससँगै फिल्ममा यस्ता दृश्यहरू छन् जसले गरदा पात्रहरूले हाँसो र आनन्द दिन्छन्। यी तत्वहरूले ‘फ्यान्टम’लाई स्क्रिप्ट लेखनमा गत वर्षको ‘मास्टरपिस’ बनाउन सफल छ।

    २. कल मि बाइ योर नेम (लेखक: जेम्स आइभोरी, एन्ड्रे एसिमेनमा आधारित)

    फिल्ममा निर्देशक लुका गउड्याङ्निनोले यौनिक दृश्यहरूलाई सुनौलो ल्यान्डस्केपले देखाएका छन् र लेखकका रूपमा आइभोरीले अन्तरंगयुक्त संवाद र रगिन चरित्र लेखेका छन्। उनले फिल्ममा जानाजान केहि जानकारी दिएका छन् जहाँ दर्शकहरू मुख्य पात्र इलियोको सट्टामा आफूबाट हेराउने काम गरेका छन्। उनले अस्पष्ट पात्रको रूपमा जसरी ओलिभ चरित्रलाई लेखेका छन् त्यसले फिल्ममा अधोपान्त रहस्यमयीरूपमा पेस गरिरहन्छ।  केहि केहि अवस्थामा हामीलाई उनले लेखेका पात्रहरू र तिनका उदेश्यलाई पूरै चिनेजस्तो बनाइदिन्छ जुन भ्रम आफैमा  चलाखीपूर्ण छ। यो फिल्मको मुख्य उदेश्यमा राम्ररी खेलेको छ। सत्य के हो भने हामीले कुनै पनि व्यक्तिलाई जतिनै माया गरौं, हामिले कहिले पनि उसलाई ‘ऊ खास के हो’ भनेर छुट्याउन नै सक्दैनौ। आइभोरीले फिल्मको मुख्य ‘थिम’लाई यसरी निर्माण गरेका छन की हामीलाई फिल्मसँग टसाइराख्छ।

    ३. द स्क्वायर (लेखक: रूबेन ओस्टलुन्ड)

    २१ औं शताब्दीको युरोपियन कला र युरोपियन संस्कृतिमाथी व्यग्य गरिएको यस फिल्म वर्तमानका लागि एउटा विवादास्पद प्रतिक्रिया हो। यसलाई वर्तमान समयको फिल्म भनिएको जसले समाजको स्व-सचचेतना र राजनीति सुधारका लागि दबाबलाई समातेको सिनेमा भनिएको छ। केहिले भने यसलाई आत्मकेन्द्रित कला जसले आलोचना मात्र गर्ने फिल्म  भएको भनेका छन्।। तर यसको पटकथा  विशेष हुनुको कारण भनेको रुबेनले दर्शकबाट राम्रो या नराम्रो जे भएपनि प्रतिक्रिया बटुल्ने प्रयास गरेका छन्। फिल्मलाई कमेडी तथा कला-स्थापनको कोणबाट हेर्न सकिन्छ। तपाईले यसलाई दोस्रो तरिकाले हेर्नुभयो भने यसको अर्थ अझ राम्ररी बुझिन्छ जसमा कुनै कथागेराले सन्तोषजनक अन्त्य दिदैन् किनकी यो फिल्म कुनै निश्चित घेरा भएको कथा होइन। यो त्यो भन्दा पनि दर्शकले आफै बुझेर हेर्नुपर्ने सिनेमा हो।

    फिल्ममा एउटा कुख्यात दृश्य छ जसमा अभिनेता बादर बन्छन र भोजमा आएका अतिथिको व्यंग्य उडाउँछन्। यो दृश्य  उसै आउँछ ,उसै हराउँछ र कहाँ हराउँछ केहि थाहा हुँदैन्। यस्तो भए पनि यो एउटा शक्तिशाली उदाहरण हो जसले मानिसहरूले आफूले नबुझ्ने अवस्थामा कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउँछन्।

    यस पाटोबाट। द स्क्वायरले आफ्ना दर्शकलाई सामान्य दर्शकका रूपमा नहेरी सहभागीका रूपमा हेर्छ। यो फिल्म सबैले बुझ्ने किसिमको छैन्। यसका बाबजुद यो विनोदी र बेग्लै अनुभव दिने बनेको छ।

    ४. थ्री बिलबोर्डस आउटसाइड ऐबिङ, मिशौरी (लेखक: मार्टिन मेक्डोङ्ग)

    डार्क कमेडीको स्क्रिनप्लेका लागि मार्टिनको निसन्देह प्रशंसा गरे हुन्छ। ‘कमेडी’ र ‘ ट्र्याजिडी’लाई एकअर्काको परिपुरक बनाउँदै फिल्ममा सन्तुलित गरिएको छ।  कमेडीको अभावमा फिल्ममा गम्भिर  तत्वले काम गर्दैद थियो होला। तर, यो यहाँ मात्र रोकिदैन,  चरित्रहरूको विभिन्न तह र तिनलाई दिएको  समानुभूतिले मार्टिनको लेखनलाई एकदमै प्रभावकारी बनाएको छ।

    फिल्मको सुरूवातमा एक आपराधिक घटनामा परेर आफ्नी छोरी गुमाएकी प्रमुख पात्र मिल्ड्रेड हेज प्रहरीले घटनाको रहस्य सुझाउन नसकेकोमा पूरै आवेगात्मक र बदलाले भरिएकी पात्र बनेर देखा पर्छिन्। फेरि फिल्मको दोस्रो ‘लुक’मा उनले लगाएको बिल बोर्डको उदेश्य मुखरित हुँदै जान्छ। उनले यसो गर्नुको पछाडी छोरी गुमाउनुको मूल्य र आफ्नो दु:खलाई सुनाउनु रहेको छ।

    फिल्ममा रहेको डिक्सन नामक प्रहरी पात्रको चरित्र सर्वाधिक राम्रो लेखिएको छ। भलै उसको रंगभेदी चरित्रले फिल्मको सुरूवातमा घृणा गर्ने बनाउँछ तर, फिल्म अगाडी बढेसँगै ऊ एकदम इमानदार पात्रको रूपमा देखापर्छ। फिल्मले उनको यस रंगभेदी चरित्रले कुनै सजाय नपाएको कुरा भने फिल्ममा अनुत्तरित छ। यसका लागि यो फिल्मले आलोचना खेपेको छ। यसले मार्टिनको लेखकियलाई दुविधाग्रस्त पारिदिएको छ। फिल्ममा डिक्सन पात्र परिवर्तन हुन्छ किनकी उसमाथी कसैले विश्वास गर्न सुरू गरेको छ र यसले दर्शकलाई पनि उनीमाथी भरोसा गर्न प्रेरित गर्छ। यो र योसँगै फिल्मका अरू आधारहरू मार्टिनको लेखनीलाई यस वर्ष ओस्कारको ‘वेस्ट ओरजिनल स्क्रिनप्ले’को सर्वाधिक दाबेदार बनाएको छ।

    ५. द किलिङ अफ अ  सेक्रेड डियर (लेखक : इफ्तिमी फिलिपोउ तथा योर्गोस लेन्थिमोस)

    योर्गोस त्यस्ता फिल्म लेखक/निर्देशक हुन जसको फिल्मलाई तुरून्तै संवादबाट पहिचान गर्न सकिन्छ। उनका फिल्मका लगभग सबै पात्रहरूले शब्दलाई यस्तरी बोल्छन मानै उनीहरूले त्यसलाई सम्पूर्ण संवेदनाबाट ल्याएका हुन्। तिनीहरू यति तटस्थ हुन्छन् की त्यसले केहि असहज महशुस गराउँछ।

    उनको अघिल्लो फिल्म ‘द लोबस्टर’मा रहेको लेनथिमोस चरित्र उनको अजिब सेटिङमा पनि सहज थियो। द किलिङ अफ अ  सेक्रेड डियरले तुरून्तै तनाव र चिढचिडाहट सिर्जना गर्छ। फिल्मको सुरू परिवारसँग मुटुका शल्य चिकित्सकको संवाद सामान्य लाग्छ तर जब उनीहरू बोल्न थाल्छन तब अजिब लाग्न थाल्छ।

    फिल्म हेरिरहँदा हामी दर्शक एउटा खसालिन लागिएको बम पर्खिरहेका जस्तो हुन्छौं। जब दर्शक मार्टिनसँग परिचित हुन्छन्, तब उसले दर्शकमा उथलपुथल ल्याउँछ। लान्थिमोसले ग्रिक ट्र्याजिडी इफिजिनयाको विक्षुब्द व्याख्या सिर्जना गरेका छन्। उनले त्यसलाई आधुनिक तरिकाले दर्शकको आङ नै सिरिङ्ग गर्ने गरी एक लाइनमा प्रस्तुत गरेका छन्। जसले फरक किसिमको बदलाशैली देखाउँछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij