प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०७४
च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर सिटीले एफसी बासेलमाथि प्रभावशाली जित दर्ता गरेको छ ।
बासेलको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले स्वीस फुटबल क्लब एफसी बासेललाई ४–० ले हराउँदै शानदार जित निकालेको हो।
म्यानचेस्टर सिटीको जितमा एलकेयी गुण्डोगानले दुई तथा बेर्नार्डो सिल्भा र सर्जियो अग्यूरोले एक-एक गोल गरे।
खेलको १४ औं मिनेटमा गुण्डोगानले गोलबाट अग्रता लिएको सिटिले त्यसको चार मिनेटपछि सिल्भाको गोलमा अग्रता दोब्बर पार्यो। २३ औं मिनेटमा अग्यूरोले गोल गरेपछि पहिलो हाफमा सिटी ३–० को अग्रता बनाउन सफल भयो।
दोस्रो हाफमा केही लयमा देखिएको घरेलु टोलीले गोल गर्ने केही राम्रा मौका गुमाएको थियो। ५३ औँ मिनेटमा गुण्डोगानले पाएको मौकालाई सदुपयोग गर्दै सिटीलाई पहिलो लेगमा ४–० को शानदार जित दिलाउन सफल भए।
दोस्रो लेग आउँदो मार्च ७ मा सिटीको मैदानमा हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij