आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्मी सिमरा गोल्डकपको फाइनलमा, थ्रीस्टारसँग उपाधि भिडन्त

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३, २०७४



  • बारा, फागुन ३ । त्रिभुवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लबलाई ३–० ले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।

    आर्मीको जितमा दिनेश हेन्जन र दीप लामाले एक/एक गोल गरे भने वीरगन्ज युनाइटेडका विष्णु सुनुवारले एक आत्मघाती गोल गरे ।

    खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका दिनेश घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।

    आर्मीले अब उपाधिका लागि शनिबार सिमरा रंगशालामा थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्रीस्टारले बुधबार भएको पहिलो सेमिफाइनलमा मोरङ फुटबल क्लबलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

    प्रतियोगिताकै अवसरमा शुक्रबार बारा र मकवानपुरका सन्चारकर्मीबीच मैत्रीपूर्ण खेल हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij