आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोहलीको जादुमयी प्रदर्शन

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०७४



  • खेल : ६

    औसत रन : १८६

    कुल रन : ५५८

    शतक : ३


    माथिको आँकडा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले दक्षिण अफ्रिकासँगको ६ एक दिवसीय क्रिकेट श्रृङ्खलामा बनाएको रेकर्ड हो।

    दक्षिण अफ्रिकामा पहिलो पटक एक दिवसीय श्रृङ्खला जितेर इतिहास रचेका भारतका कप्तान कोहलीले पनि आफ्नै इतिहास बनाए। जितमा उनको भूमिका महत्वपूर्ण रह्यो, यो कुरा आंकडाले पनि देखाउँछ ।

    कोहलीको ब्याटिङको दबदबा यहाँसम्म रह्यो कि यो सिरिजमा धेरै रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका शिखर धवन र कोहलीबिचको फरक २३५ रनको छ । धवनले ६ खेलमा एक शतकको मद्दतमा ३२३ रन बनाए ।

    कोहलीको मनको कुरा

    शुक्रबार भएको अन्तिम एक दिवसीय खेल जितेपछि क्रिकेट कमेन्टेटर्सदेखि फ्यान सबै म्यान अफ दि म्याच तथा म्यान अफ दि सिरिज कोहलीको प्रशंसा गरिरहेका थिए । तर, कोहलीले भने यो शानदार जितको श्रेय श्रीमती अनुष्का शर्मालाई दिए।

    सेन्चुरियनमा भएको एक दिवसीय क्रिकेटपछि कोहलीले भने ‘मैदान बाहिर रहेर जसले सहयोग गरे उनीहरुलाई जितको श्रेय मिल्नुपर्छ। मेरी श्रीमतीले लगातार हौसला बढाइन्। उनलाई यसको श्रेय मिल्नुपर्छ । अतितमा उनको धेरै आलोचना भयो । यो समयमा जब अवस्था मुश्किल थियो, उनले मलाई अघि बढ्नका लागि लगातार सहयोग गरिन् । यसका लागि म आभारी छु।’

    अनुष्कासँगको गत डिसेम्बरमा बिहेपछि कोहलीको यो पहिलो क्रिकेट भ्रमण हो ।

    चुनौती थियो मुश्किल

    कोहलीका लागि दक्षिण अफ्रिकाको यात्रा सजिलो थिएन । उनको टिमले टेस्ट श्रृङ्खला २–१ ले गुमाएको थियो । पहिला दुई टेस्टमा भोगेको हारका लागि कप्तानको रुपमा कोहलीले लिएको निर्णयको आलोचना भएको थियो।

    इतिहास पनि उनको साथमा थिएन । भारतले यसअघि दक्षिण अफ्रिकामा एक दिवसीय श्रृङ्खला जितेको थिएन । तर इतिहासले बाटो परिवर्तन गर्ने र कोहलीलाई त्यसको माध्यम बनाउने सोचेकै हुनुपर्छ ।

    तर जस्तो सुकै चुनौतीको बाबजुत पनि कोहलीले टिमको जिम्मेवारी लिए। उनले ६ खेलमा तीन पटक शतक बनाए। डरबनमा भएको पहिलो एक दिवसीयमा कोहलीले ११२ रन बनाएर टिमलाई जित मात्रै दिलाएनन्, दक्षिण अफ्रिकालाई लिएर बनेको डर पनि हटाए।

    आइसिसीको वान डे र्‍याङ्किङमा दोस्रो नम्बरमा रहेको भारत पहिलो स्थानमा पुग्यो। लगातार तीन खेलमा जित, चौथो खेलमा हार अनि फेरि लगातार दुई खेलमा जितले भारतलाई पहिलो स्थानमा पुर्‍यायो।

    प्रशिक्षकको नजर

    प्रशिक्षक रवी शास्त्रीले दक्षिण अफ्रिकाको भूमिका बनाएको इतिहासको पूरै श्रेय कप्तान कोहलीलाई दिनु पर्ने बताए । ‘कप्तानलाई पूरै श्रेय दिनुपर्छ । उनको प्रदर्शन निकै उच्च रह्यो । उनलाई हेरेर टिमका अरु खेलाडीले पनि आफूलाई त्यहि स्तरमा पुर्‍याउने सोच राख्नु पर्छ’, शास्त्रीले भने।  तर कोहली आफ्नो प्रदर्शनबाट खुशी रहे पनि श्रेय पूरै टिमलाई दिनुपर्ने बताए ।

    सही निर्णय, शानदार जित

    टेस्ट श्रृङ्खलामा आलोचना खेपेका कोहलीको एक दिवसीयमा निकै प्रशंसा भयो । उनले सही टिम चुने र बलरको राम्रो प्रयोग गरे । उनले अनुभवी तथा पूर्व कप्तान महेन्द्र सिंह धोनीसँग राम्रो सल्लाह लिए ।

    कोहलीको सही निर्णयले कुलदीप यादव र युजवेन्द्र चहलको रुपमा भारतले दुई नयाँ स्पिन स्टार पायो ।

    ६ खेलमा १३.८८ को औसतमा कुलदीपले १७ विकेट लिए । यस्तै यस्तै चहलले १६.३७ को औसतमा १६ विकेट लिए ।

    कोहलीले दुवै खेलाडीको निकै तारिफ गरेका छन् । ‘हाम्रा दुबै स्पिनरले अफ्रिकामा अद्भुत प्रदर्शन गरे। उनीहरू पहिलो पटक दक्षिण अफ्रिकामा खेलिरहेका थिए। त्यहाँ उनीहरूले बहादुरी देखाए यही कारण विकेट लिन सफल भए,’ कोहलीले भने।

    कोहलीबाट सावधान

     

    एक दिवसीय श्रृङ्खलामा जितपछि कोहलीले स्पष्ट पारेका छन्, उनी अहिले नै रोकिनका लागि तयार छैनन् ।

    कोहलीले भने ‘मेरो करिअरमा ८ वा ९ वर्ष अझै बाँकी छ । एक क्रिकेटरको करिअर लामो हुँदैन । त्यसैले म यो छोटो समयमा धेरै हाँसिल गर्न चाहन्छु ।’

    देशको कप्तानी गर्नु भन्दा ठूलो सम्मान केही नरहेको बताउँदै उनले यो सम्मानलाई राम्रोसँग निभाउने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij