मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पुट्ट पेट निस्किएको छ ? अब यसो गर्नुहोस् स्वाट्टै घटेर सिलीम बन्नुहुन्छ, यस्तो छ घटाउने उपाय

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४



  •  

    पुट्ट पेट निस्किएको छ ? अब यसो गर्नुहोस् स्वाट्टै घटेर सिलीम बन्नुहुन्छ, यस्तो छ घटाउने उपाय

    धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा र असुहाउँदिलो देखिन्छ । लुगा लगाउँदा पनि पेट लुकाउनै सास्ती हुन्छ ।

    असुहाउदिलो पेट कसरी घटाउने त ?

    कोहि जिम धाइरहेका छन्, कोहि दौडिरहेका छन् । यद्यपी खानपान र शारीरिक क्रियाबीच सन्तुलन नमिल्दा पेट बढेको बढ्यै छ ।

    जथाभावी खानेकुरा खाने र त्यस अनुरुप शारीरिक क्रिया नगर्दा पेटमा अतिरिक्त बोसो जम्न पुग्छ । यसले शरीरलाई असुहाउँदिलो देखिने मात्र होइन, रोग समेत नित्याउँछ ।

    कसरी घटाउने ?

    पेट बढ्नुमा निस्क्रिय दिनचर्या जिम्मेवार छ । अक्सर बसेर काम गर्ने, शारीरिक रुपमा सक्रिय नहुने, साथसाथै अनियन्त्रित खाना खाने बानीले पेट बढ्छ । त्यसैले शारीरिक रुपमा सक्रिय हुनुपर्छ, पेट घटाउनका लागि ।

    शारीरिक काम र नियमित व्यायामसँगै कतिपय योगा पनि गर्न सकिन्छ, जसले पेटलाई सहि आकारमा ल्याउन मद्दत गर्छ । यससँगै खानपानमा पनि सर्तक हुनुपर्छ । पेट घटाउनका लागि कस्तो खानपान सहि हुन्छ त ?

    दिनको सुरुवात कागती पानीबाट

    पेटमा जमेको बोसो कम गर्नका लागि कागती पानी एक उत्कृष्ट विकल्प हो । यदि बिहान मनतातो पानीमा कागती मिसाएर पिउने हो भने निकै फाइदा पुग्छ । यसरी नै बिहान कागती पानी सेवन गर्दा मोटाबोलिज्म त ठीक हुन्छ नै, पेटमा जमेको बोसो पनि कम हुन्छ ।

    गुलियो एवं मिठाई निषेध

    यदि तपाई पेटमा जमेको बोसो घटाउन चाहनुहुन्छ भने गुलियो एवं मिठाइबाट टाढा रहनुहोस् । गुलियो पदार्थले पेटमा अतिरिक्त बोसो जमाउँछ ।

    बिहान काचो लसुन

    विहान उठेपछि नियमित रुपमा दुई/तीन केस्रा लसुन चपाउनुपर्छ । त्यसपछि कागती पानी पिउनुपर्छ । यो निकै प्रभावकारी उपाय हो, पेटको वोसो घटाउने । यसले तौल त घटाउँछ नै, शरीरको रक्त प्रवाह पनि सुचारु गर्छ ।

    ओमेगा ३ फ्याटी एसिड

    ओमेगा ३ फ्याटी एसिड शरीरको लागि एकदमै लाभदायक हुन्छ । मांसहारीले यसलाई माछाको माध्यामबाट लिन सक्छन् । माछामा ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । शाकाहारीले चाहि बन्दा, फूल गोभी, ओखर आदिको सेवन गर्नुपर्छ ।

    पर्याप्त हरियो सब्जी

    आफ्नो खानामा सब्जी र फल सामेल गरौ । यसबाट भरपुर मिनरल र भिटमिन मिल्छ । पेट पनि भरिन्छ । यस्ता खानेकुराले पेटमा अतिरिक्त बोसो जम्मा हुन पाउँदैन ।

    जंकफूडमा पहरेज

    यदि तपाई पेट घटाउन चाहनुहुन्छ भने जंकफूड सेवन पूर्णत बन्द गर्नुहोस् । किनभने यसले तौल बढाउने भूमिका खेल्छ । यससँगै कम चिप्लो, मसलेदार खानेकुरा सेवन गरौं ।

    माछाको सेवन

    माछाको तेलले पेटको वोसो घटाउने काम गर्छ । माछामा रहेको ओमेगा ३ फ्याटी एसिडले पेटको अतिरिक्त बोसो घटाउने काम गर्छ ।

    अन्य उपाय

    – बिहान १५ देखि २० मिनेटसम्म आफुलाई सहज हुने हिसाबले दौडनुपर्छ ।

    – १५ मिनेट जति व्यायाम गरौं । योग गरौ ।

    – दिनभर कार्यलयमा बसेपनि सानोतिनो शारीरिक काम आफै गर्नुपर्छ । अर्थात निस्क्रिय बस्नु हुन्न ।

    – एकसाथ धेरै खानेकुरा सेवन नगरौं । एक पटकमा थोरै थोरै खानेकुरा सेवन गरौ । बरु, धेरै पटक सेवन गरौ ।

    – खानामा साग र सलादको मात्रा अत्याधिक हुनुपर्छ ।

    – मासुजन्य पदार्थ, दुधजन्य पदार्थ, कोल्ड ड्रिक्स , जंक फूड, मसलेदार, तारेको खानेकुरा सेवन नगरौ ।

    – सकेसम्म उसिनेको खानेकुरा सेवन गरौं । सँग सब्जी उसिनेर सेवन गरौ ।

    – खाना खानसाथ सुत्ने वा दिउँसो सुत्ने गर्दै नगरौं ।

    – सकेसम्म राती अबेरसम्म नबसौ।

    – राती छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गरौं ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij