आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मनाङलाई हराउँदै आर्मी उपाधिनजिक

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४



  • हेटौंडा, फागुन ९ । त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई १–० ले हराउँदै आर्मी उपाधिनजिक पुगेको हो ।

    आर्मीको जितमा खेलको ९०औं मिनेटमा जर्जप्रिन्स कार्कीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

    खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका डिफेन्डर बिमल पाण्डे घोषित भए । उनले पाँच हजार रुपैयाँ पाए ।

    प्रतियोगिताअन्तर्गत् बिहीबार नेपाल पुलिस क्लब र संकटा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

    ८ टिमले सहभागिता जनाएको फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij