प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४
जिम्बाम्बेविरूद्ध टी-२० सीरीज २-० ले आफ्नो बनाएको अफागानिस्तानका बलर रासिद खान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-२० बलिङ की र्याङ्किङमा शीर्षा स्थानमा पुगेका छन्।
यसअघि राशिदले वानडे बलिङको र्याङ्किङमा पनि भारतीय खेलाडी जसप्रीत बुमराहसँगै संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका थिए।
रारिसदे जिम्माम्बेसँगको दुई टी ट्वान्टी अन्तर्राष्ट्रियमा ५ विकेट लिएका थिए। औषत ८.४० र इकोनोमी ५.२५ रहेको खानले ७५९ रेटिङ पाएका छन्।
दोस्रो स्थानमा रहेका न्यूजिल्याण्डका लेग स्पिनर इश सोधी उनीभन्दा ५९ रेटिङ कम ल्याएका छन्।
दक्षिण अफ्रिकाबिरूद्ध उत्कृष्ट प्रदर्शन गरेका भारतीय बलर भुवनेश्वर कुमारले २० स्थान छलाङ मार्दै १२औं स्थानमा आइपुगेका छन्।
यस्तै अर्का भारतीय बलर जसप्रीत बुमराह यो र्याङ्किङको पाँचौ नम्बरमा पुगेका छन्। न्यूजील्याण्डका बलर ईश सोढी दोस्रो नम्बरमा झरेका छन्। वेस्टइण्डिजका सैमुएल बद्री तेस्रो तथा पाकिस्तानका इमाद वासीम चौथो नम्बरमा छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij