प्रकाशित मिति : बिहिबार, फाल्गुन १७, २०७४
आइसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीचको अभ्यास खेल खराब मौसमका कारण रद्द भएको छ। जिम्बाबेको क्वेक्वे मैदानमा हुने भनिएको खेल गएराती पानी परेर चिसिएको मैदान ओभानो नभएका कारण रद्द भएको हो।
पचास ओभरको खेल समयमा सुरु हुन सकेको थिएन। लगत्तै खेल ३० ओभरमा झारिएको थियो। तर मैदानको अवस्था नसुध्रिएपछि खेल रद्द भएको हो।
यसअघि पहिलो अभ्यास खेलमा नेपालले युएईलाई पराजीत गरेको थियो।
विश्वकप छनौट अन्तर्गत नेपाली क्रिकेट टोलीले अब फागुन २० गते जिम्बाबे विरुद्ध पहिलो खेल खेल्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij