आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वान–डे विश्वकप छनोट: दबाबविहिन नेपाल

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २०, २०७४



  • नेपाल आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ, वान–डे विश्वकप छनोट । जिम्बावेमा आइतबार सुरु हुने विश्वकपको प्रवेशद्वार रहेको यस प्रतियोगिताको पहिलो खेल घरेलु टोलीसँग खेल्दा नेपाल दबाबबिना मैदान उत्रने छ ।

    कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, ‘ जिम्बावेसँगको भेट नेपालको टेस्ट राष्ट्रसँग वान–डे क्रिकेटमा पहिलो हो । जिम्बावेले सन् १९८३ यता लगातार विश्वकपमा सहभागिता जनाउँदै आएको छ । घरेलु मैदानमा उत्रँदा टोलीसँग दसौंपल्ट विश्वकपमा पुग्ने लक्ष्य हुनेछ । १० राष्ट्र सहभागी प्रतियोगिताको फाइनल पुग्ने टोली अर्को वर्ष इंग्ल्यान्डमा हुने विश्वकपमा छानिने छन् ।’

    वान–डे अन्तर्राष्ट्रिय वरीयताको शीर्ष आठमा नपरेका जिम्बावेसहित वेस्ट इन्डिज, आयरल्यान्ड र अफगानिस्तान विश्वकप छनोटमा प्रतिस्पर्धा गरिरहेका छन् । धेरैको नजरमा यी चारमध्ये दुई टोली विश्वकप पुग्ने अनुमान छ । जिम्बावे अझै त्यसमा दाबेदार टोली हो । घरेलु मैदानमा खेल्न पाएकाले पनि जिम्बावेको मनोबल उच्च छ ।

    नेपाल तेस्रोपल्ट विश्वकप छनोटमा खेलिरहेको छ । नेपालको पहिलो लक्ष्य वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनु हो । शीर्ष ८ भित्र पर्न सकेमा नेपालले आगामी ४ वर्षका लागि वान–डे मान्यता पाउने छ र प्रथम श्रेणीको मान्यताप्राप्त अन्तरमहादेशीय चारदिवसीय क्रिकेट काठमाडौं फर्कने छ । गत महिना नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता हुँदै नेपाल छनोटमा पुगेको हो । त्यस क्रममा नेपालले जितेका ४ खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij