आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गर्भपतन गराउनेमा २० वर्षभन्दा कम उमेरका किशोरी बढी

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २२, २०७४



  • काठमाडौं, फागुन २२ । १२ हप्तासम्मको गर्भपतन गराउन पाइने कानुनी व्यवस्था भएपछि गर्भपतन गराउनेहरुको संख्या बढ्दै गएको छ ।

    विशेषगरी २० वर्षभन्दा कम उमेरका किशोरीले बढी गर्भपतन गराउने गरेको पाइएको छ ।

    जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार काठमाडौं जिल्लामामात्र गत आर्थिक वर्ष २०७३/७४ मा १४ हजारको हाराहारीले गर्भपतन गराएका छन् । त्यसमा २० वर्षमुनिका ३ हजार ११३ जना किशोरीले गर्भपतन गराएका छन् ।

    चालू आर्थिक वर्ष २०७४/७५ को माघसम्म मेडिकल र सर्जिकलबाट १ हजार ६८२ जना २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराएका छन् ।

    गर्भपतनलाई कानुनले नै वैधानिकता दिएपछि पछिल्लो समय गर्भपतन गराउनेको संख्या पनि निकै बढेको हो ।

    नेपालको कानुनले १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने स्वीकृत दिएको छ भने जबर्जस्ती करणी, हाडनाता करणी भइ गर्भ बसेकालाई १८ हप्तासम्म गर्भपतन गराउन पाउने व्यवस्था छ ।

    जनस्वास्थ्य कार्यालय काठमाडौंको पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने पनि २० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउनेको संख्या वर्षेनि बढ्दै गएको छ । जसमा औषधिको सेवनबाट गर्भपतन गराउनेको संख्या बढी देखिएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति लिएको संस्था वा अस्पताललेमात्र गर्भपतन गराउन पाउँछन् । तर, हालसम्म काठमाडौंमा १५ ओटा संस्थालेमात्र गर्भपतन गराउन पाउने स्वीकृति लिएका छन् ।

    स्वीकृति नलिएका संस्थाले पनि अवैधानिक तवरले गर्भपतन गराउने गरेका छन् । यसबारे जनस्वास्थ्य कार्यालयले नियमन त परै जाओस्, नियन्त्रणसमेत गरेको छैन ।

    सामान्यताः ४ देखि ६ हप्तासम्मको गर्भपतन गर्न औषधिको सेवन गरिन्छ । गर्भपतन गराउने औषधि बेचविखन गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिनुपर्छ । तर, बजारमा जथाभावीरुपमा गर्भपतन गराउने औषधि बिक्री–वितरण हुने गरेको छ ।

    चिकित्सकको परामर्शबिना औषधि सेवनबाट गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या पर्ने चिकित्सकहरु बताउँछन् ।

    सानै उमेरमा गर्भपतन गराउँदा पाठेघरमा समस्या देखिने, पाठेघरको नली नै बन्द हुने र पछि बाँझोपनको समस्या देखिनसक्ने चिकित्सकहरु बताउँछन् ।

    कानुनले दिएको सुविधाको दुरुपयोग गरेर गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । गर्भपतन गराउनेहरुमा किशोरीको संख्या उल्लेख्य देखिएकाले यसले सामाजिक विकृतिसमेत निम्त्याउने देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij