प्रकाशित मिति : बिहिबार, फाल्गुन २४, २०७४
तिलगंगा आँखा प्रतिष्ठानले फ्रेड हलोज फाउण्डेसनको सहकार्यमा लैगिंक आँखा स्वास्थ्य सम्बन्धी एउटा अध्ययनपत्र प्रकाशित गरेको छ । यस अध्ययनपत्रले महिलामा आँखा स्वास्थ्यको पहुँच र यसको प्रभावबारे प्रकाश पारेको छ । विश्वमा कुल अन्धोपनामध्ये ५५५ महिला रहेका छन् । जुन निम्न र मध्यम आय भएका देशहरुमा बसोबास गर्दछन् । दिगो विकास लक्ष्य प्राप्तिका लागि समानता उचित कार्यभार, आर्थिक वृद्धि साथै भिजन २०२० लक्ष्य प्राप्तिका लागि आँखा स्वास्थ्य सेवामा महिला र बालिकाको पहुँच बढाउँदै सम्पूर्ण किसिमका असमानता हटाउन आवश्यक रहेको छ ।
एक महिलाले पूर्नदृष्टि प्राप्त गर्दा उसमा पर्ने मनोवैज्ञानिक प्रभाव, आयआर्जको सम्भावना, सामाजिक क्रियाकलापमा सहभागिताको क्रममा विकास साथै परिवारमा सामाजिक, आर्थिक लागत जस्ता तथ्यको सकारात्मक प्रभाव पर्ने इकोनोमोनिष्ट इन्टिलेजन्स युनिटको अध्ययनमा देखिन्छ । महिला शसक्तिकरणको उद्देश्यका साथ तिलगंगा आँखा प्रतिष्ठान मार्फत संचालित शहर तथा सामूदायमा केन्द्रित आँखा कार्यक्रममा महिलाको सशक्त उपस्थिती देखिन्छ ।Gender Eye Health_English_Press Release_7th March,2018
प्रतिष्ठानको कार्यकारी निर्देशक डा. रिता गुरुङ्गको नेतृत्वमा कुल ३२ मध्ये २१ महिला नेत्र विशेषज्ञले निरन्तर सेवा प्रदान गरिरहनुभएको छ । डा. रिता गुरुङ्ग भन्नुहुन्छ, ूहाल पनि आँखा सेवा आवश्यक मध्ये कुल ३० देखि ३५ प्रतिशत आँखा सेवाग्राहीले सेवा पाइरहेको सन्दर्भमा । महिलामा भएको कुल अन्धोपनको भारको आधारमा, ६०५ सेवा महिलाले प्रयोग गर्नुपर्नेमा ५३५ मात्र प्रयोग गरेको देखिन्छ । जुन बिल्कुलै सन्तोषजनक देखिदैन । विभिन्न सेवा र विकासमा कार्यक्रममा महिला लक्षित कार्यक्रम आइरहेको अवस्थामा आँखा स्वास्थ्य सेवालाई महिला लक्षित गरि समूदायमा लैजादा मात्र आँखा सेवाको समतामूलक वितरण र भिजन २०२० को लक्ष्यहरु प्राप्त गर्ने सम्भावना देखिन्छ । यस कार्यक्रमबाट हामी आशावादी छौ ।
त्यस्तै फ्रेड हलोज फाउण्डेसनका क्षेत्रिय निर्देशक रमेश पुरी भन्नुहुन्छ, ूदिगो विकास लक्ष्य प्राप्तिका लागि एक समानता, उचित कार्य, आर्थिक वृद्धि साथै भिजन २०२० लक्ष्य प्राप्तिका लागि आँखा स्वास्थ्य सेवामा महिला र बालिकाको पहुँच बढाउँदै सम्पूर्ण किसिमका असमानता हटाउन आवश्यक रहेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निभाइरहेका नेत्र विशेषज्ञहरुले दृष्टि पुर्नःस्थापनको नेतृत्व गरिरहेका छन् । अन्तराष्ट्रिय एजेन्सी क्ष्लतभचलबतष्यलब िब्नभलअथ ायच तजभ एचभखभलतष्यल या द्यष्लिमलभकक ले हालै प्रस्तुत गरेको एक तथ्यांक अनुसार विश्वभरिको अन्धोपन ५५५ महिलाहरुमा पुरुषहरुभन्दा १.३५ गुणा बढि अन्धोपन हुनसक्ने देखाएको छ । प्रत्येक ५ जना दृष्टिविहिनमध्ये मध्ये ४ जना दृष्टिविहिन हुन नपर्ने तथ्यले महिलाहरुको आँखा स्वास्थ्यमा देखिएको खाडल कम गर्न तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसनको सहकार्य महत्वर्पुण देखिएको छ ।
नेपालका गाउँका महिलाहरुको अन्धोपन निवारण गर्नु धेरै चुनौतिहरु छन् । फ्रेड हलोज फाउण्डसन र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा नेपालका ७ वटा जिल्लाहरु धनुषा, सर्लाही, सिन्धुली, महोत्तरी, कैलाली, बैतडी र डडेल्धुरामा महिलाहरुको आँखा स्वास्थ्य सेवा पहुँचलाई अझ प्रभावकारी सहज बनाउन एउटा परियोजना लिएर आएको छ ।
आँखा स्वास्थ्य हेरविचारमा लैगिंक मैत्री जनचेतना विकास सामाग्री उत्पादनको लागि लैगिंक मुद्दाका समूहलाई समेटी यहि फाल्गुण १५ देखि १७ सम्म काठमाडौंमा एक अन्तराष्टिय कार्यशाला सम्पन्न गरिएको छ । जसमा नेपाल, पाकिस्तान, बंगलादेश, भियतनाम र अष्ट्रेलियाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
#तथ्याङ्क
हाल २ करोड महिला अन्धोपना र १२ करोड महिलामा दृष्टिदोष रहेको देखिन्छ ।
क्ष्लतभचलबतष्यलब िब्नभलअथ ायच तजभ एचभखभलतष्यल या द्यष्लिमलभकक को अध्ययनले सन् २०५० सम्ममा अन्धोपनाको भार ३ गुणा बढ्ने सम्भावना रहेको देखाउँछ ।
#किन महिलाहरु अन्धोपनाबाट बढी जोखिममा छन् ?
आँखा स्वास्थ्यमा महिलाको पहुँच तुलनात्मक रुपमा पुरुषको भन्दा कम देखिन्छ ।
महिलाको औसत आयु पुरुषको भन्दा बढी भएकोले उमेरले निम्त्याउने आँखाको समस्या जस्तै मोतिविन्दुको समस्या महिलामा बढी देखिन्छ ।
आय आर्जन तथा परिवारको निर्णायक भूमिकामा नहुँदा हालको उपचारको लागत पुरुषमूखी बढी देखिन्छ
आँखा सेवा लिन महिलालाई सहयोगी साथीको आवश्यक्तता पर्नेको कारण सेवा प्रयोगमा कमी हुने देखिएको छ ।
रोजगारमा कम सहभागिता तथा घरायसी कामको लागत मूल्याकंन नगरिनु अर्को कारण देखिन्छ ।
फ्रेड हलोज फाउण्डेसनको बारेमा संक्षिप्त जानकारी
फ्रेड हलोज फाउण्डेसन हटाउन सक्ने अन्धोपनमा विश्वमा कार्यरत एक अन्तराष्ट्रिय विकास संस्था हो । फ्रेड हलोज र उनकी श्रीमती ग्यावी हलोज द्धारा स्थापित यस फाउण्डेशनले विशवका २५ देशहरुमा अति सिमान्तकृत समुदायका व्यतिहरुको दृष्टि पुर्नस्थापनामा कार्यरत छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij