आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

थाइराइड र डाइबेटिजले सताए के गर्ने ?

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २६, २०७४



  • थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्र घन्टीको ठ्याक्कै तल हुन्छ। त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ।

    त्यो हर्मनको उत्पादनमा गडबढी भयो भने हामी थाइराइड लागेको भन्छौ । कसैकसैको गन्थ्रीमा टियुमर पलाएर पनि थाइराइड देखा पर्छ।

    थाइराइड रोग ३ किसिमका हुन्छन्।

    थाइराइड ग्रन्थीले कम काम गर्ने रोग, थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग र थाइराइड ग्रन्थीको क्यान्सर।

    थाइराइड ग्रन्थीले कम काम गर्ने रोगको लक्षणमा धेरै जाडो हुने, शरिर सुन्निने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने हुन्छन् ।

    त्यस्तै कब्जियत हुने, गलगाँड निस्कने, तौल बढ्ने, महिनावरी गडबड हुने, निसन्तान हुनु पनि थाइराइड रोगका लक्षण हुन् ।

    थाइराइड ग्रन्थीले बढी काम गर्ने रोगको लक्षण भने थाइराइड ग्रन्थीले कम काम गर्ने रोगको लक्षण भन्दा अल्लि फरक हुन्छ।

    गर्मी महसुस हुनु, पसिना धेरै आउनु, मुटु धकधक हुनु, दिसा धेरै पटक लाग्नु, हात खुट्टा काम्नु, सास फुल्नु, निन्द्रा नलाग्नु हुन् ।

    थाइराइड ग्रन्थीको क्यान्सरका लक्षण भनेका गलगाँड छिटो छिटो बढ्नु, गलगाँड दुख्नु, आवाज परिवर्तन हुनु, खान निल्न गाह्रो हुनु हुन् ।

    थाइराइड कसरी लाग्छ

    खानपिनको गडबढी अथवा कमी, बन्दा काउली धेरै खाएर यो रोग लाग्छ भन्ने हल्ला छ। बन्दा काउली धेरै खाएर यो रोग  लाग्दैन। यो एक किसिमको अटो इमिनु रोग हो । थाइराइड ग्रन्थकिो भाइरल इक्फेक्सनले हुन्छ । केही औषधिको सेवाले पनि यो रोग हुन्छ ।

    उपचार विधि

    थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए-

    बाहिरबाट थाइराइड हर्मोन सेवन गर्ने

    अप्रेसन गर्नु पर्दैन

    औषधि परीक्षण गर्दा ६ महिनासम्म रगत जाँच गर्नुपर्छ ।

    थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए-

    कम्तिमा १२ देखि १८ महिनासम्म औषधि खाने

    गलगाँडको अप्रेसन गर्ने

    रेडियोएक्टिभ नामक औषधि प्रयोग गर्ने ।

    थाइराइड ग्रन्थीको क्यान्सर भएमा-

    अप्रेसन गर्ने, अप्रेसनपछि रेडियो एक्टिभ औषधी प्रयोग गर्ने, उपचारमा नियमित जाँच

    त्यस्तै थाइराइडका कुरासँगै डाइबिटिजका बारेमा केही कुरा गराै‌ ।

    डाइबिटिजलाई हामी चिनी रोग भनेर पनि चिनिन्छ ।

    रगतमा चिनीको मात्रा आवश्यक भन्दा पनि बढी भयो भने हामी त्यसलाई डाइबेटिज भन्छौं ।

    यस रोगको लक्षण सबैमा देखिदैन । लगभग १ सय जनामा ५० जनामा यो रोग देखिएको लक्षण फेला परेपनि बाँकी ५० जनामा भने विना लक्षण नै यो रोग देखिन सक्छ।

    यस रोगको लक्षण भनेको थकाइ लाग्ने, काम गर्न मन नलाग्ने,जाँगर नचल्ने, शरिरको तौल घट्ने, खुट्टाहरु झमझम गर्न,मुख सुख्खा हुन्छ
    विना लक्षण ५० प्रतिशतमा यो रोग देखिने हुदाँ वर्षमा यो डाइबेटिजका बारेमा जाँच गर्नुपर्छ ।

    खानपान र जीवन शैली सुधार नै मुख्य उपचार विधि हो । खानामा क्यालोरी र चिल्लोमात्रम कम गर्नूपर्छ ।

    क्यालोरी बढी हुने भनेको खाना, मैदाबाट बनेको खानेकुरा, आलु खानुहुदैँन् । सागसब्जी र फलफल खानुपर्छ । खसीबोको मासु, घिउ, तेलमा बढी भएको खानेकुरा लगभग नखादाँ नै ठिक हुन्छ ।

    नेपालीको बानी समयमा खाना नखाने छ, समयमा नै खानेकुरा खानुपर्छ । ४ घन्टामा थोरै थोरै खाइरहनुपर्छ।कतिपयलाई डाइबेटिज देखिए औषधि, खानपिन र  शारिरीक कसरतबाट नियन्त्रण गर्न सकिन्छ । बच्चाहरुमा देखिए उपचारमा ध्यान दिनुपर्छ।

    कतिपय गर्भवती महिलाहरुमा पनि यो रोगको लक्षण देखिने गरेको छ। डराइहाल्नु पर्देन। धेरैजसोलाई बच्चा पाइसकेपछि आफैँ निको भएका उदाहरण पनि छन् । औषधी सेवनबाट पनि कतिपयलाई डाइबेटिज देखिएको छ ।

    यसमा प्याङक्रियाजले हर्मन उत्पादन गर्छ ।  हर्मनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न लाग्छ । कसैकसैको प्याङक्रियाजमा रोग देखिन्छ । कसैकोमा प्याङक्रियाजको टियुमर हुन्छ ।

    यो रोग लागेको छ कि भन्ने भन्ने थाहा पाउनका  लागि रगत र पिसाव टेष्ट गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij