प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४

कटुञ्जे युवा क्लवको आयोजनामा हुँदै आएको आइडलको पाँचौ संस्करणको उपाधि जितेनले जितेका हुन् ।
प्रतियोगिताको जजका रुपमा गायिका कला राई र दिपक वान्तवा थिए । जजले दिएको नम्बर र भोटिङका आधारमा विजेताको छनौट गरिएको थियो । ५६ हजार ९ सय भोट ल्याएर उत्कृष्ट ९ फाईनल प्रतियोगीलाई पछि पार्दै राई विजेता बनेका हुन् । आईडल विजेता राईले १ लाख नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट भोकलिष्ट (स्वर) को अवार्ड भोजपुर नगरपालिका ८, टक्सारका दिपक शाक्यले हासिल गरे । उनले २० हजार नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट व्यक्तित्व रामप्रसाद राई गाउँपालिका १, ओख्रेका सुजन राई, उत्कृष्ट प्रस्तुति हतुवागढी गाउँपालिकाका कमल राई र उत्कृष्ट अनुशासित अरुण गाउँपालिका १, याङपाङकी अनिता आलेमगर घोषित भए । उनीहरुले जनही क्रमशः १० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र हासिल गरे ।
अवसरको अभावमा एउटा साँघुरो भुगोलभित्र रम्न बाध्य स्थानिय नवोदित कलाकारहरुलाई संगितको राष्ट्रिय मूलधारमा ल्याउन थप सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले कुटुञ्जे युवा क्लब, धोद्लेखानीको आयोजनामा पाँचौ पूर्वाञ्चलव्यापी भोजपुर आईडल गायन प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको फाईनल राउण्डमा उत्कृष्ट १० प्रतिस्पर्धी छनोटमा परेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij