आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्सनल र टोटनह्याम हट्सपर विजयी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • काठमाडौं, फागुन २८ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

    काठमाडौं, फागुन २८ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

    गएराति भएको खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्यामले बर्नमाउथलाई ४-१ ले हरायो ।

    टोटनह्यामका लागि हिउङ मिन सनले दुई गोल गर्दा डेले अली र सर्जी औरीएरले एक एक गोल थपे । बर्नमाउथका जुनियर स्टानिस्लासले एक गोल फर्काए ।

    प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३-० ले हरायो ।

    आर्सनलका लागि खोद्रान मुस्ताफी, पिएरे एमरिक औबामायङ्ग र हेन्रीक कख्तरीयानले एक–एक गोल गरे ।

    प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर सिटीले स्टोक सिटीसँग खेल्नेछ ।

    लिगको अंक तालिकामा २९ खेलबाट ७८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ ।

    एक खेल बढी खेलेको म्यानचेस्टर युनाईटेड ६५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ ।

    ६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा सेमटिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij