आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकप छनोट क्रिकेटः नेपालले आज पपुवा न्यूगिनीसँग खेल्ने

  • प्रकाशित मिति : बिहिबार, चैत्र १, २०७४



  • काठमाडौं, चैत १ । विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्ले अफ्मा नेपालले आज पपुवा न्यूगिनीसँग खेल्दैछ ।

    काठमाडौं, चैत १ । विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्ले अफ्मा नेपालले आज पपुवा न्यूगिनीसँग खेल्दैछ ।

    जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको सुपरसिक्समा पुग्न असफल चार टोलीले सातौंदेखि दशौं स्थानासम्मको टुंगो लगाउन प्लेअफ खेल्न लागेका हुन् । आजै हुने अर्को खेलमा नेदरल्याण्ड्स र हङकङ भिड्दैछन् ।

    नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुने छ । पपुवा न्युगिनीविरुद्धको आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

    एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउन नेपालले पपुवा न्यूगिनीसँग कम्तिमा खेल नहार्नु पर्छ ।

    नेपालको जित र अर्को खेलमा हङकङको हारले नेपालको एक दिवसीय हैसियत निश्चित हुनेछ । यदि नेपालसँगै हङकङ पनि विजयी भए नेपालले फेरि हङकङलाई पनि हराउनुपर्ने हुन्छ ।

    विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये शीर्ष तीनले एक दिवसीय मान्यता पाउने छन् भने पुछारमा रहने दुई टिम डिभिजन टू मा घटुवा हुनेछन् ।

    आजको खेलमा पराजित भएको खण्डमा नेपाल डिभिजन टु मा समेत घटुवा हुनसक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij