प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४
शिबराज पन्थी, २ चैत्र गढवा । गढवा गाउँपालिका वडानं. १ मा रहेको गोवरडिहा स्वास्थ्य चौकीमा ल्याव प्रयोगशालाको शुक्रवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख सहजराम यादवले स्वास्थ्य चौकीमा स्थापना गरीएको स्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्नु भएको हो ।
यस अघि सो स्वास्थ्य चौकीमा प्रयोगशाला नहुदा सेवाग्राहीलाई सास्ती भएको थियो । ल्याव सेवा जोडीए संगै अब गोवरडिहा स्वास्थ्य चौकीबाट सेवाग्रहीहरुलाई दिसा, पिशाव, रगत चेक गराउन र उपचारका लागि समेत बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिकाका स्वास्थ्य सहसंयोजक कैलाश चौधरीले गर्नुभएको गढवाबाट पत्रकार शिबराज पन्थीले जानकारी दिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij