आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपाधि होडमा बलियो बार्सिलोनाले अपराजित यात्रा कायमै

  • प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४



  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

    लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि २–० को जित दर्ता गर्दै अपराजित यात्रा कामयै राखेको हो।

    घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन मेसी र पाको अलकेसरले गोल गरे।

    खेलको आठौं मिनेटमा अलकेसरले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए। प्रतिबन्धका कारण खेल्न नपाएका लुइस स्वारेजको ठाउँमा खेलेका अलकेसरले गोल गरेका हुन्।

    ३० औं मिनेटमा मेसीले गोल गर्दै अग्रता दोब्बर पारे। मेसीले यो सिजन ला लिगामा २५ गोल गरिसकेका छन्। उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन्।

    त्यसपछि बार्साका केही कडा प्रहार बिफल भएका थिए। फिलिप कोन्टिन्होले प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो भने पाउलिन्होले पनि गोल गर्ने प्रयास गरेका थिए।

    जितपछि शीर्ष स्थानको बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ११ अंकले अघि रहेको छ । शीर्ष स्थानको बार्सिलोनाको २९ खेलबाट ७५ अंक भएको छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६४ अंक छ ।

    यो सिजन ला लिगामा अपराजित रहेको बार्सिलोना उपाधि होडमा सबैभन्दा अघि र बलियो बनेको छ । यस्तै उसले ला लिगा सिजनका सबै खेलमा अपराजित रहने कीर्तिमान बनाउने पनि सम्भावना छ ।

    अब लिगमा ९ खेल मात्रै बाँकी रहेको छ । अहिलेसम्म कुनै पनि टिम लिगका सबै ३८ खेलमा अपराजित रहेका छैनन्। तर बार्सिलोनाले त्यो कीर्तिमान बनाउने सम्भावना छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij