प्रकाशित मिति : बिहिबार, चैत्र ८, २०७४
काठमाडौं ,फाल्गुन ८ गते । प्रजा
तन्त्रका एक स्थम्ब खुम बहादुर खडका हाल दिल्लीको ईन्द्र प्रस्थ अपोलो अस्पतालमा छटपटाई रहनु भएको छ , ऊहांको यो अवस्था देखेर ब्यक्तीगत् तवरले डा.शेखर कोईराला मात्र दिल्ली पुग्नु भएको छ र कार्यकर्ता र परिवार जनलाई हिम्मत दिई रहनु भएको छ । कक्षा ८ देखि नै तत्कालीन सरकार र ब्यवस्था विरूध्द बिद्रोहको बिगुल फुकेका खडका अन्ततह बि. पि कोईरालाको समीप भएर निर्वासनमा बसि देशको हितका निमित्त एक शक्तीशाली खम्बा नै रहेर काम गरेकाले बि .पी. त्यो बेला ऊनका बिश्वास पात्र रहेर दायाँ बायाँ केही नगरी सँघर्ष रथ रहे , ससस्त्र बिद्रोह देखी राष्ट्रिय मेलमिलाप सम्ममा ऊनि एक कुशल सांगठनीक योध्दा र प्रयाप्त शक्तिशाली नेताका रुपमा ऊदयमान भ्ए ।
सबै आन्दोलनको नेत्रृत्वमा रही आन्दोलनलाई ऊचाई सम्म पु-याऊन ऊनको योगदान अतुलनीय रह्यो साथै कार्यकर्ताको बिचमा अत्यन्त लोकप्रिय खडका बि पी , शुबर्ण , गणेशमान , किसुनजीका अत्यन्त प्यारा यूवा नेताका रुपमा प्रकट भ्ए, बाराणसीमा निर्वासीत् खुम बहादुर बिपी सँग सबै भन्दा करीब हुने मध्धे एक रहे , भारत संगको सम्बन्धमा त्यो बेला देखी नै ऊनि बिपीकै लाईनमा रहन सफल खडकालाई नैतिक रुपमा खस्काऊने प्रयत्न नभएको होईन तर ऊनि कहिले झुकेनन् !
२०३३ शालमा बिपी संग राष्ट्रिय मेलमिलापको बिधी श्वरुप नेपाल फर्कने ६ जना मध्धे अहिले सम्म जीवित् ऊनि मात्र एक नेता हुन । राजसंस्था बिरुद्ध हतियार ऊठाऊने नेता खडकालाई कठोर आजीवन काराबास र सर्वश्व हरण सम्म को सजाय भयो , जीवन को प्रवाह सम्म न गरी राजनैतिक पथमा अबिछिन्न अगाडी बढने नेता खड्का आफ्ना कार्यकर्ताको लागी रोल मोडल नै रहेर हक्की श्वभाव नीडर यूवाले कहिल्यै षडयन्त्रको राजनीति गरेनन् , बल्कि अरु को स्वतन्त्रको पटक पटक सिकार बनेको हामी सबैले देखेकै छौ ।
२०४६ शालको निर्णायक जन आन्दोलन पश्चात प्राप्त प्रजातन्त्रको यक मीयो खुम ब गिरीजा प्र कोईरालाका समेत पृय पात्र नै भय तर पनि पटक पटक दरबारले गर्ने षडयन्त्रलाई ऊनले गिरीजा को आदेश अनुसार परास्त पार्ने मार्गमा लागे , फलस्वरुप दरवारको आँखाको कसिँगर बन्न पुगे । सरल स्वभाव र दुरदृष्टि का अख्याता कोईराला राजनीति मा यो बेला सम्म निपूर्णता प्राप्त गर्न सक्ने काँग्रेसी अभियन्ता का रूपमा चर्चीत भै सकेको ऊनलाई पत्तै भएन । त्यसैले पार्टी भित्र र बाहीरबाट ऊनको प्रसस्तिबाट डहन सुरु भयो र प्रहार गर्न आरम्भ भयो , तै पनि ईमान्दारीता र राष्ट्रवादिका कारण कसैले हल्लाऊन नसकि दरबार गुहारेर भएपनि गिराऊने चालबाजी भित्रैबाट प्रारम्भ गरीयो । फलस्वरुप झुट्टा मुद्दा लगाई सजायसम्म दिलाई नैतीकतालाई जनताबाट टाढा पार्ने खालका कुत्सित् मनसायले आक्रमण भयो तै पनि ऊनि जनताका प्यारा नेता बनि रहे ! आज ऊनि असाद्धे रोगले ग्रसीत छन् । भारत को दिल्ली स्थित अपोलो अस्पताल मा ऊनि छटपटाऊंदा कुनै नेता को र राज्य को समेत निगाह परेन तथापी उनका कार्यकर्ताले हर सम्भव प्रयत्न गरेका छन् । धन्य नेताहरु धन्य राज्य एक शब्द बोल्नसम्म बोल्दैन , ऊनको टाऊकोको मुल्य तोक्दा आजका नेता कोही मास्टर त कोही बिदेशी यूनिभर्सिटीमा कोही कतै अन्य पेसामा थिए । अन्तमा ईश्वर संग मात्र ऊहाँको जीवन रक्षाको लागि प्रार्थना गर्दछु ।
जय नेपाल राजेन्द्र धिताल — 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij