आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘खेलाडीलाई खेल्ने उचित वातावरण बनाउन सरकार प्रतिबद्ध’

  • प्रकाशित मिति : बिहिबार, चैत्र ८, २०७४



  • काठमाडौं, चैत ८ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतकुमार सुनार विश्वकर्माको राष्ट्रिय खेलकुद परिषद (राखेप)मा भव्य स्वागत गरिएको छ ।

    गत चैत २ गते मन्त्रालय सम्हालेका मन्त्री विश्वकर्मा बिहीबार पहिलोपटक राखेप पुगेका हुन् ।

    राखेपका अध्यक्षसमेत रहेका मन्त्री विश्वकर्मालाई राखेपका पदाधिकारी, कर्मचारी, विभिन्न संघका पदाधिकारीसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधिले स्वागत गरेका थिए ।

    सो अवसरमा मन्त्री विश्वकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

    खेल स्वस्थ्य भयो भने देश स्वस्थ्य हुन्छ भन्दै मन्त्री विश्वकर्माले युवाहरुलाई खेलकुदमा लाग्न आग्रहसमेत गरे ।

    सोक्रममा मन्त्री विश्वकर्माले नेपाली क्रिकेट टोलीले हासिल गरेको सफलताले सम्पूर्ण नेपालीलाई खुसी दिएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij