प्रकाशित मिति : शनिबार, चैत्र १०, २०७४
ऊनको ऊपचारमा भारत कै ऊच्चस्तरका डाक्टर मुकुल बर्मा को नेतृत्वमा चारजनाको टोलीले सक्रियताका साथ ऊपचारमा खटिएका छन् ।
फलस्वरुप अहिले खडकाको स्वास्थमा केही सुधार रहेको बताईन्छ । गत महावधिवेसनमा पार्टीमा सर्बाधिक भोटले बिजय मध्ये एक खडका कार्यकर्ता भित्र सबैले रुचाउने नेताका रुपमा स्थापित् छन् ।
हाल ऊनि अस्वस्थ रहँदा देशैभरीबाट कार्यकर्ताहरुको दिल्लीमा भिड नै हुने गरेको अस्पताल श्रोतले बताऊँदै आईरहेको छ । दाङ लगायत मुलुक भरीका कांग्रेसी लगायत सर्वसाधारणले ऊनको जीवन रक्षाका निमित्त पूजाअर्चना , हवन र जपको शिलसीला जारी राखेका छन्।
खासगरि यूवाहरु बढि चिन्तित् देखिन्छन । कार्यकर्ताहरुले ऊनको एक झल्को पाईन्छ कि भनि एपोलोमा भीड नै लागेको बुझीएको छ ।
ऊनको कीडनीले अहिले काम गर्न थालेको अस्पताल श्रोतको भनाई छ । जो २ वर्ष पहिला ट्रान्सप्लान्ट गरीएको थियो , अहिले छातीको कफ ट्रेकोस्टोमी सल्यकृया मार्फत निकालीयको अवस्था हो र सोही प्रबिधी मार्फत् नै स्वास प्रस्वाशलाई सहज बनाईएको छ ।
मस्तिष्कको फंगस बिस्तारै घट्दो क्रममा रहेको बुझीएको छ , निमोनिया को ज्वरो थामीयको र ईन्फेक्सन ठीक हुन भने केही समय अझै लाग्ने जनाईयएको छ ।
चीनी रोगपनि डायलोसिस बीधि मर्फत नियन्त्रित् राख्ने प्रयास गरीदै छ दङालीहरुका प्रिय नेता यति धेरै समस्याका बावजुत् कहिले पनि अचेतन भएन, यो उनको असीमित् विलीङ पावरको प्रमाण हो।
यो क्षमताको ब्यक्तीत्व के राज्य को चासो भित्र पर्दैन ?
आज यो प्रश्न जनमानसले गर्न थालेका छन् , के अहीलेको बाम सरकारले यिनको बारेमा चासो नराख्नु पार्टी पक्षपात त हैन के प्रधानमंत्री ज्यू ले खुम बहादुरको योगदान बुझेका छैनन् र?
प्रश्न यहाँ नेर छ?
सामाजिक् संजालमा आलोचीत् भए पछि पार्टीसम्मको ध्यानाकर्षण खुल्न आएको छ ।
सरकार भने अंझै मौन नै छ , यदि ऊहाँ प्रति सरकार अँझै ऊदासीन हुन्छ भने ठुला ठुला डिंग हाँ क्ने यो दुईतीहाईको दुहाई दिन न थाक्ने सरकारको मुखुण्डो ऊजागर हने कुरा प्रमाणीत हुन्छ ।
जनता सम्बेदनशील हुन्छ , यसमा तरंग पैदा भय सरकार त के ब्यवस्था सम्म टिक्न सक्दैन यो सबैले बुझ्न जरुरी छ ।
अन्तमा ईश्वरलाई प्रार्थना गर्दछु र आशा राख्द्छु ऊहाँ पूर्ण तया स्वस्थ भई पुन: राजनीतिमा सकृय रही आफ्ना हज्जारौं हजार कार्यकर्ता लाई मार्ग निर्देश गर्नु हुनेछ !
जय नेपाल राजेन्द्र धिताल
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij