आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कबिता : यो शहरमा

  • प्रकाशित मिति : शनिबार, चैत्र १०, २०७४



  • कबिता : यो शहरमा

    भीडहरूमा
    हराइरहेछु

    यो शहरमा
    हरपल
    सडक झैं
    कुल्चिएका छन्
    निर्दोष बुद्धहरू
    छटपटिदै
    प्रदुषित परिवेशमा
    हरेक क्षण

    बाँचिरहेछु
    मृत्यूञ्यी कोलाहल
    यो शहरमा ।

    आए झैं लाग्छ
    जिउँदै यमलोक

    चारैतिर
    पापीहरूको
    चित्कार सुनिरहेछु
    अनि
    यमराजहरूको अट्टहास
    यो शहरमा ।

    सबै
    मन्दिरबाट
    देवताहरू
    निस्कँदैछन् बाहिर ……….

    एक्लै
    हेरिरहेछु आकाशतिर
    एक्लै
    केबल एक्लै
    यो शहरमा ।

    —-   खेमराज मल्ल
    घोराही, दाङ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij