प्रकाशित मिति : शनिबार, चैत्र १०, २०७४
नेइमार बिना मैदानमा उत्रिएको ब्राजिलले रूसलाई ३-० गोल अन्तरमा हराएको छ।
विश्वकप फुटबलको तयारी स्वरुप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार राति भएको खेलमा विश्वकपको आयोजक देश रूसलाई ब्राजिलले सहजै हराएको हो।
मस्कोमा चोटका कारण मैदान बाहिर रहेका नेइमार बिनै खेलेको ब्राजिलको जितमा मिराण्डा, फिलिप कोन्टिन्हो र पाउलिन्होले गोल गरे। पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा तीनै गोल ब्राजिलले दोस्रो हाफमा गरेको हो ।
खेलको ५३ औँ मिनेटमा मिराण्डाले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । त्यसको ९ मिनेटपटि कोन्टिन्होले दोस्रो गोल गरे। ६६ औँ मिनेटमा पाउलिन्होले गोल गरेपछि ब्राजिलले जित निश्चित भएको हो।
मंगलबार ब्राजिलले विश्व विजेता जर्मनी तथा रुसले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij