मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विश्व क्षयरोग दिवस मनाईदै, नेपालमा ६० हजार क्षयरोगका विरामी

  • प्रकाशित मिति : शनिबार, चैत्र १०, २०७४



  • काठमाडौं, चैत १० । आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ ।

    यस वर्ष ‘आजको आवश्यकताः क्षयरोग मुक्त विश्वका लागि नेतृत्व’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ । नेपालमा अझै २८ हजारभन्दा धेरै क्षयरोगीले उपचार नपाएको तथ्यांक रहेको छ ।

    राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी छन् । जसमध्ये ३१ हजार ७ सय ६४ जना उपचारमा छन् ।

    नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिने र उनीहरुमध्ये १३ हजार जना उपचारको दायरामा नआउने गरेको केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले जानकारी दिए ।

    क्षयरोगीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्भेको काम पनि भइरहेको छ ।

    ५५ जिल्लाका ५७ हजार घरमा पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा गरिने सर्भेले क्षयरोगको वास्तविक अवस्था पत्ता लाग्ने निर्देशक डा. केसीले जानकारी दिए ।

    विश्व स्वास्थ्य संगठन डब्लुएचओको आह्वानमा रहेक वर्ष मार्च २४ का दिन क्षयरोगका बारेमा जनचेतना फैलाउने र यसविरुद्ध एकजुट हुने उद्देश्यका साथ दिवस मनाइन्छ ।

    सन् १८८२ मा डा. रोबर्ट कोचले टिबी लाग्ने ब्याक्टेरिया पत्ता लगाएको दिनको सम्झनामा दिवस मनाउन थालिएको हो ।

    टिबीविरुद्धको अभियानमा महत्वपूर्ण सफलता मिलेपनि विश्वमा हरेक दिन टिबीकै कारण अझैपनि ४ हजार पाँच सयभन्दा बढीको ज्यान जाने गरेको डब्लुएचओको तथ्याङक छ ।

    टिबीका कारण सन् २०१६ मा विश्वमा १८ लाख मानिसको ज्यान गएको थियो भने एक करोड ४ लाख नयाँ बिरामी भेटिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij