आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मायामी ओपन टेनिसमा रोजर फेडेररको अप्रत्यासित हार

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४



  • काठमाडौं, चैत ११ । स्विस टेनिस स्टार रोजर फेडेरर अमेरिकाको फ्लोरिडामा सम्पन्न मायामी अ‍ोपन टेनिसमा अप्रत्यासित रुपले पराजित भएका छन् ।

    विश्व नम्बर एक फेडेररलाई १ सय ७५ औं वरियताका थानासी कोकिनाकिसले हराएका हुन् । अष्ट्रेलियन खेलाडी कोकिनाकिसले फेडेररलाई ३-६, ६-३ र ७-६ ले हराएका हुन् ।

    यो हारसँगै फेडेररले विश्व टेनिस वरियताको शिर्ष स्थान गुमाउने भएका छन् । फेडेररको ठाउँ अब स्पेनिस खेलाडी रफाईल नदालले लिनेछन् ।

    उनले आसन्न फ्रेन्च ओपन टेनिस पनि नखेल्ने बताएका छन् । फेडेररले अघिल्लो वर्ष पनि क्ले कोर्टका प्रतियोगिताहरु गुमाएका थिए ।

    मायामी ओपनमा भोगेको यो हार फेडेररले पछिल्लो एक हप्तामा भोगेको दोस्रो हार हो ।

    फेडेरर ६ दिनअघि अमेरिकामै सम्पन्न ईन्डीयाना वेल्समा अर्जेन्टाईनी खेलाडी हुँवा मार्टिन डेल पोत्रोसँग हारेका थिए ।

    उक्त हारले फेडेररको १७ खेल लामो जितको श्रृंखलामा पूर्णविराम लगाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij