आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डीपीएल क्रिकेट आजबाट सुरुः पहिलो खेलमा धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा

  • प्रकाशित मिति : शनिबार, चैत्र १७, २०७४



  • धनगढी, चैत १७ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

    डीपीएल क्रिकेट आजबाट सुरुः पहिलो खेलमा धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा

    प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा हुने प्रतियोगितामा ६ टिम सहभागी हुँदै छन् ।

    प्रतियोगिताको पहिलो खेलमा साविक विजेता धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदै छ ।

    डिपिएल दोस्रो संस्करणको पूर्वसन्ध्यामा हिजो विजेताले पाउने ट्रफि सार्वजनिक गरिएको छ ।

    आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र ६ वटै टिमका कप्तानले संयुक्त रुपमा ट्रफि सार्वजनिक गरेका हुन् ।

    प्रतियोगितामा सहभागी साविक विजेता टिम धनगढीका कप्तान सोमपाल कामी हुन् भने कञ्चनपुर युनाइटेडको टोली विनोद भण्डारीको नेतृत्वमा छ ।

    त्यस्तै सिवाईसी अत्तरियाका सुवास खकुरेलले कप्तानको रुपमा नेतृत्व प्रदान गर्ने छन् भने राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले काठमाडौं गोल्डेन्सको नेतृत्व लिएका छन् ।

    यसैगरी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले विराटनगर किङ्सको नेतृत्व गर्दै छन् ।

    चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

    तेस्रो हुने टोलीलाई ३ र चौथो हुने टोलीलाई २ लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij