आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४०० बर्ष पुराना गीतहरु सार्वजनिक

  • प्रकाशित मिति : आइतवार, चैत्र २५, २०७४



  • काठमाडौं, चैत २५ । कवि राजा सिद्धिनरसिंह मल्लले सृजना गरेका ३२ गीत सार्वजनिक गरिएको छ ।

    ललितपुर संस्कृति सम्वर्द्धन केन्द्रको चौथो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्कृतिविद् वाङमय शताब्दिपुरुष सत्यमोहन जोशीले उक्त सृजना संग्रहित सिडी ‘३६ सङ्स अफ पोएट किङ सिद्धिनरसिंह मल्ल’ सार्वजनिक गरेका हुन् । उक्त ऐतिहासिक सांस्कृतिक महत्वका गीतहरुको सिडी विमोचन गर्दै शताब्दिपुरुष जोशीले सांगीतिक सांस्कृतिक परम्परा अमूर्त सम्पदा भएको र अन्तर्राष्ट्रिय भाषासमेत रहेको संगीतको सांस्कृतिक परम्परा संरक्षणमा ती गीत लिपिवद्ध हुनु र सुन्नका लागि सिडीको रुपमा सार्वजनिक हुनु महत्वपूर्ण भएको बताए ।

    कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन विशेष अतिथिको रुपमा उपस्थित थिए ।

    नेपाल सम्वत ७२० ताकाका यी गीत ललितपुर नगरका विभिन्न दाफा भजनहरु, नसंचागुथि, ताम्रकार समाजद्वारा निरन्तर रुपमा दैनिक भजन, रातो मच्छेन्द्रनाथको जात्रा, ज्येष्ठ पूर्णिमाजस्ता विशेष पर्वहरुमा गाइदैं आएका छन् ।

    विभिन्न राग तथा तालमा आधारित यी गीत आर्टोम्यूज रेकर्डिङ स्टुडियोले संगीत निर्देशक जुगल डंगोलको संयोजनमा तयार गरेको हो भने यी गीत अन्तर्राष्ट्रिय समुदायले समेत बुझ्ने गरी पाश्चात्य र पूर्वीय दुवै स्वरलिपिमा लिपिवद्ध गरिएका छन् ।

    खोज अनुसन्धान गरी २ बर्ष लगाएर उक्त पुस्तक तयार पारिएको संगीत निर्देशक जुगल डंगोलले जानकारी गराए ।

    लोपोन्मुख यस्ता अमूर्त संस्कृतिको संरक्षणका लागि गीतको सिडी तथा लिपिवद्ध गर्ने कार्यमा सघाउने ब्यक्तिहरु संस्कृतिविद् छत्रबहादुर कायस्थ, संगीत निर्देशक जुगल डंगोल, गुरु रामकृष्ण ताम्रकार, गुरु केशवकृष्ण श्रेष्ठ, गायक तथा सगीतकारहरु रुद्र ताम्रकार, श्यामगोविन्द ताम्रकार, काजीबाबु महर्जन, बाबुकाजी महर्जन, सनलाल ताम्रकार, ज्ञानलाल अवाले, बाबुकाजी महर्जन, तह्रिबाबु महर्जन, मलिक ताम्रकारलाई सम्मानसमेत गरिएको थियो ।

    संग्रहित गीतहरुमध्ये विभास राग तथा धरन्जती तालमा आधारित ‘शंकर पञ्चमाः’, ‘असिक रसिक’तथा ‘रागआशावरी तथा च्व तालमा आधारित ‘छु यात मन्मथ्व’गीत प्रस्तुतसमेत गरिएको थियो ।

    ज्येष्ठ नागरिकहरुको सहभागिता र सक्रियतामा परम्परागत रुपमा गाइदैं आएको यो परम्परामा युवापुस्ताको रुचि कममात्र देखिएको छ । यी गीतको संरक्षण तथा युवापुस्तामा हस्तान्तरणको लागि ज्येष्ठ नागरिकहरुकै सक्रियतामा ४ बर्ष अघि स्थापित ललितपुर संस्कृति सम्वर्द्धन केन्द्रले यो कार्य गरेको हो । यस कार्यका लागि ललितपुर महानगरपालिकाअन्तर्गत विश्व बैंकमार्फत जापान सामाजिक विकास कोषबाट समेत आर्थिक सहयोग प्राप्त भएको छ ।

    यूनेस्कोका अनुसार यी अमूर्त कला नेपालको मात्रै नभइ विश्वको सम्पदा हो भने यी सम्पदा संरक्षणको पहिलो दायित्व स्थानीय समुदायको हुन्छ । यसको प्रमुख दायित्व सरकारको हो । तर संरक्षण तथा विस्तारमा सरकारको चासो निकै कम भएको स्थानीयको गुनासो छ ।

    विश्वकै एउटै मात्र लामो समयसम्म चल्ने नाट्य परम्पराको दावी गरिएको कार्तिकनाच, दशैंताका नचाइने गंप्याखं (गणनृत्य) लगायतअमूर्त संस्कृति सृजनामा अग्रणी मानिने मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले पाटन दरवार क्षेत्रमा निर्माण गरेको २१ गजुरको ढुंगैढुंगाले बनेको कृष्ण मन्दिर उल्लेखनीय छ । कलात्मकयस मन्दिरमा महाभारत तथा रामायण कुँदिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij