आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजस्थानमाथि हैदरावाद ९ विकेट विजयी

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २७, २०७४



  • राजस्थान रोयल्समाथि सनराइजर्स हैदरावादले ९ विकेटको सहज जित दर्ता गरेको छ।

    इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान दिएको १ सय २६ रनको लक्ष्य हैदरावादले १५.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो।

    दोस्रो विकेटका लागि शिखर धवन र काने विलिम्सनले १ सय २१ रनको साझेदारी गरेपछि पहिलो खेल जितेको हैदरावादलाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

    उसका लागि ओपनर शिखर धवनले ७७ रन बनाउँदा विलियम्सनले अविजित ३६ रन जोडे।

    ५७ बल खेलेका धवनले १३ चौका र १ छक्काका प्रहार गर्दै नटआउट ७७ रन बनाएका हुन्। अर्का ओपनर विरिन्दम साह ५ रनमा आउट भएका थिए। राजस्थानका लागि जयदेव उनादकटले १ विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन बनायो।

    उसका लागि सञ्जु सिमसोनको सर्वाधिक ४९ रनको योगदान दिए।  यस्तै राहुल त्रिपाठीले १७, श्रेयस गोपालले १८ र ओपन अजिन्के रहाणेले १३ रन बनाएका थिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। हैदरावादका लागि सकिब अल हसन र सिद्धार्थ काउलले समान २ विकेट लिएका थिए ।भुवनेश्वर कुमार र रासिद खानले १-१ विकेट बाँडे।

    आइपिएलमा मंगलबार चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij