आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मिस नेपाल २०१८ को उपाधि हेटौडाकी शृंखला खतिवडालाई

  • प्रकाशित मिति : बुधबार, चैत्र २८, २०७४



  • सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले जितेकी छन्। होटल अन्नपूर्णमा बुधबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्।

    २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायक गोविन्द गजुरेलले सात फाइनल प्रतियोगीलाई ‘सम्वृद नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्वपुर्ण काम के गर्नु पर्ला?’ भन्ने प्रश्न सोधेका थिए।

    उत्कृष्ट जवाफ दिएर श्रृंखलाले ‘मिस नेपाल २०१८’को उपाधिमा कब्जा जमाएकी हुन्। उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले ताज पहिराएकी हुन्।

    यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितिन्। ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देल र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितिन्। उपाधिसँगै उनीहरूले १ लाख नगद पुरस्कार हासिल गरेका छन्।

    कसले कुन विधामा उपाधि जिते

    • मिस नेपाल वर्ल्ड-शृंखला खतिवडा (हेटौडा)
    • मिस नेपाल यूनिभर्स – मनिता देवकाेटा
    • मिस नेपाल अर्थ – प्रिया सिग्देल (काठमाडौं)
    • मिस नेपाल इन्टरनेशनल -रोनाली अमात्य (काठमाडौं)
    • मिस ब्यूटी- प्रिया सिग्देल (काठमाडौं)
    • मिस ट्यालेन्ट- रोनाली अमात्य (काठमाडौं)
    • पपुलर च्वाइस-शृंखला खतिवडा (हेटौडा)
    • मिस ग्लामर- मनिता देवकोटा (गोरखा)
    • मिस फ्यासिनो- शृंखला खतिवडा (हेटौडा)
    • मिस कन्फिडेन्स- आस्था शाख  (भक्तपुर)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij