आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा आईपीएल नेपालमा करोडौंको बाजी, दलालहरुले कार्यालय नै खोले

  • प्रकाशित मिति : शनिबार, बैशाख १, २०७५



  • वीरगन्ज, बैशाख १ । भारतमा चैत २३ देखि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगन्जमा भने खेलको हारजितका लागि सट्टाबाजी व्यापक रुपमा चलिरहेको छ ।

    आईपीएलको सट्टाबाजीमा बीरगन्जमा दैनिक अधिकतम एक करोड रुपैंयाँसम्मको हारजितको बाजी लाग्ने गरेको छ ।

    आइपिएलमा हारजितको बाजी लगाउनेमा यहाँका क्रिकेट प्रेमी युवा मात्र नभई औद्योगिक घरानाका व्यापारी, राजश्व छलेर सामान भित्रयाउने तस्कर, नेता र ठेकेदारसमेत छन् ।

    वीरगन्जमा सट्टाबाजीको अवैध कारोबारका लागि दलालहरुले लागि गोप्यरुपमा कार्यालय नै सन्चालन गरेका छन्।

    आईपीएल म्याचमा हारजीतको बाजी लगाउँदै आएका आदर्शनगरका एक व्यपारीका अनुसार आदर्शनगर, मुर्ली श्रीपुर र घण्टाघर क्षेत्रमा कोठा भाडामा लिएर दलालहरुले गोप्य रुपमा सट्टाबाजीको कार्यालय सञ्चालन गरेका हुन् ।

    सट्टाबाजीको अवैध कारोबार गर्ने सट्टाबाज र हारजितको रकम बाजी लगाउने व्यक्तिबीच मध्यस्थकर्ता गर्ने स्थानीय दलाललाई बुक्की भनिन्छ ।

    वीरगन्जमा आईपीएल सट्टाबाजीको धन्दामा संलग्न बुक्कीहरु दलाल मात्रै हुन्। सट्टाबाजको मुख्य गिरोह भारतको राजस्थानस्थित जयपुरमा छ ।

    जयपुरमा रहेका सट्टाबाजको गिरोहले वीरगन्जमा ६ जना व्यक्तिलाई दलाली गर्ने जिम्मा दिएका छन्।

    कसरी लगाइन्छ बाजी ?

    वीरगन्जका बुक्कीहरुले सट्टाबाजी खेल्ने जुवाडे (ग्राहक) हरुले लगाएको बाजीको रकमबारे जयपुरका सट्टेबाजलाई फोनमार्फत जानकारी गराउँछन् ।

    हारजित भएपछि बाजी जित्ने ग्राहकलाई रकम भुक्तानी दिने र हार्ने ग्राहकले जम्मा गराएको रकम जयपुर पठाउने काम बुक्कीहरुले गर्छन् ।

    दलाली बापत बुक्कीहरुले निश्चित रकम कमिशन पाउँछन्। बाजी लगाएको रकमको २० प्रतिशत कमिशन बुक्कीहरुले लिन्छन्।

    आईपीएलको हरेक म्याचमा वीरगन्जका एक बुक्कीलाई १५ देखि २० लाख रुपैयाँ आम्दानी हुन्छ ।

    बुक्कीले जयपुरमा रहेका मुख्य गिरोहलाई न्यूनतम २० देखि २५ लाख भारु धरौटी जम्मा गराएपछि मात्र सट्टाबाजको धन्दा चलाउने अनुमति पाउँछ । –अन्नपूर्णपोष्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij