आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोलकाता नाइटराइडर्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ७ विकेटले पराजित

  • प्रकाशित मिति : बिहिबार, बैशाख ६, २०७५



  • कोलकाता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

    गएराति जयपुरमा भएको खेलमा घरेलु टिम राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

    राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले ७ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पार गर्‍यो ।

    कोलकाताका लागि कप्तान दिनेश कार्तिकले २३ बलमा नटआउट ४२ र नितिश रानाले २७ बलमा नटआउट ३५ रन जोडे ।

    सुनिल नारिनले २५ बलमा ३५ रन जोड्दा रोबिन उथप्पाले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतले ४८ रन जोडे ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन जोडेको थियो ।

    राजस्थानका लागि डिआर्की सर्टले ४४ र कप्तान अजिन्का राहाणेले ३६ रन जोडे ।

    जोस बटलरले १८ बलमा नटआउट २४ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् ।

    बलिङतर्फ कोलकाताका नितिश राना र टम कुरानले २-२ विकेट लिए । पियुस चावला, कुलदिप यादव र शिवम माविले समान १-१ विकेट हात पारे ।

    प्रतियोगिताको अहिलेसम्मका खेलमा कोलकाताले ५ खेलबाट ६ अंक बटुलेको छ ।

    दोस्रो स्थानको हैदरावादको ३ खेलबाट ६ अंक नै छ । पञ्जाव, चेन्नई र राजस्थानले समान ४/४ अंक जोडेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij