आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बम बिस्फोटमा परी गम्भीर घाइते बालक पारस राईको उपचार सरकारले गर्ने

  • प्रकाशित मिति : बिहिबार, बैशाख ६, २०७५



  • विराटनगर, बैशाख ६ । उदयपुरको गाईघाटमा भएको बम बिस्फोटमा परी गम्भीर घाइते भएका १४ वर्षिय बालक पारस राईको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

    एक सातादेखि उनको विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा उपचार भइरहेको छ ।

    गत चैत २८ गते त्रियुगा नगरपालिका–१३ स्थित हवाई फिल्डमा बेवारिसे बम बिस्फोट हुँदा उनी घाइते भएका थिए ।

    उनको उपचारका लागेको सम्पूर्ण खर्च संघीय सरकारले बेहोर्ने भएको हो ।

    घाइते बालकको अवस्था बुझ्न अस्पताल पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उनको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताए ।

    सघन उपचार कक्षमा रहेका घाइते बालक पारशको उपचारमा आर्थिक समस्या भएको समाचार केही दिनअघि ईमेज च्यालनले प्रसारण गरेको थियो ।

    कक्षा ६ मा अध्ययनरत उनको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ । बालकको उपचारमा अहिलेसम्म डेढ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

    सम्पूर्ण उपचार गर्न ५ लाख रुपैयाँभन्दा बढी लाग्ने अस्पताल प्रशासनले जनाएको छ । उनका बाबु मणीकुमार उदयपुरको गाईघाटस्थित सुकुम्बासी बस्ती बस्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij