बिनिता शर्मा, दाङ्ग, ७ बैशाख । आज जिल्ला सुआहारा कार्यक्रम दाङ्गद्वारा पुर्ण सरसफाइ सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम घोराही-११, खैरामा सम्पन्न भएको छ ।
जिल्लामा सरसफाइ सम्बन्धि आनिबानी परिबर्तन गरि दिशा मुखमा परि लाग्ने रोगहरु जस्तै झाडापखाला, आउ, हैजा, टाइफाइड, पोलियो, जुका को संक्रमण तथा मृत्यु दर कम गर्ने र पुर्ण सरसफाइ राष्ट्रीय अभियानमा टेवा पुर्याउने उध्येश्यले कार्यक्रम संचालित गरियेको थियो। 
कार्यक्रममा घोराही उ.म. न. पा. वडा न. ९,१०,११ का नवनिर्वाचित जनप्रतिनिधि तथा कार्मचारिहरुको सहभागिता रहेको थियो। कार्यक्रमका प्रशिक्षक तथा सुआहारा कार्यक्रमका सरसफाइ अधिकृत मनोज पौडेलले कार्यक्रमको उधेश्य माथी प्रकाश पार्दै, पुर्ण सरसफाइका सुचक, मानवीय स्वास्थमा सरसफाइको महत्त्व, पोषण र सरसफाइको सम्बन्ध, सरसफाइ प्रवर्द्धनमा जनप्रतिनिधिहरु तथा कर्मचारीको भुमिका, आदिबारे निकै कलात्मक शैलीमा चर्चा गर्नुभएको थियो।