आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वाट्फोर्डमाथि टोटनह्याम हट्सपरको जित, शीर्ष चारभित्रको पकड बलियो

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १८, २०७५



  • काठमाडौं, वैशाख १८ । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ ।

    गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन डेले अली र ह्यारी केनले एक–एक गोल गरे ।

    गएरातिको खेलपछि टोटनह्याम हट्सपरले लिगमा शीर्ष चारभित्रको पकडलाई झनै बलियो पारेको छ । चौथो स्थानको टोटनह्यामले ३५ खेलबाट ७१ अंक पुर्‍याएको छ । एक खेल बढी खेलेको लिभरपूल ७२ अंकसहित तेस्रो स्थानमा छ । पाँचौ स्थानको चेल्सीको भने ६६ अंकमात्रै छ ।

    लिग तालिकामा च्याम्पियन म्यान्चेस्टर सिटीले ३५ खेलबाट ९३ अंक जोड्दा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ७७ अंक छ । लिगमा ३ खेलमात्रै बाँकी रहँदा चेल्सी र आर्सनल शीर्ष चार बाहिर छन् ।

    इंग्लिश प्रिमियर लिगमा शीर्ष चारभित्र पर्ने टोलीले अर्को सिजनको युएफा च्याम्पियन्स लिग खेल्न पाउने प्रावधान छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij