आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

झापा–११ माथि मदन भण्डारी एकेडेमीको फराकिलो जित

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • झापा, वैशाख १९ । प्रदेश नम्बर–१ कै सर्वाधिक पुरस्कार राशि भएको दमक फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

    दमकस्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली झापा–११ लाई फराकिलो अन्तरले पराजित गर्दै काठमाडौंको मदन भण्डारी स्पोर्टस् एकेडेमी क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    पाहुना टोली मदन भण्डारी एकेडेमीले झापालाई ४–० ले पराजित गरेको हो ।

    एकेडेमीको जितमा विदेशी खेलाडी म्यापवेल एलनले २ गोल गरे । खेलको १२औं मिनेटमा म्यापवेलले एक गोल गर्दै एकेडेमीलाई अग्रता दिलाएका थिए ।

    मदन भण्डारी एकेडेमीका लागि दोस्रो गोल प्रकाश बुढाथोकीले गरे । खेलको २५औं मिनेटमा सुजन राईको क्रसमा प्रकाशले हेडमार्फत् गोल गरेका हुन् ।

    ३४औं मिनेटमा म्यापवेलले व्यक्तिगत दोस्रो गोल गर्दा एकेडेमीले पहिलो हाफमा ३–० को अग्रता बनायो । सुजन राईको क्रसमा म्यापवेलले बललाई जाली चुमाएका थिए ।

    खेलको ५८औं मिनेटमा विदेशी खेलाडी अबा नोरबर्ट केड्रियोले गोल गर्दै एकेडेमीलाई ४–० को अग्रता दिलाए । झापाका गोलरक्षक किशोर गिरीलाई छक्याउँदै उनले गोल गरेका हुन् ।

    खेलको ‘म्यान अफ दी म्याच’ मदन भण्डारी एकेडेमीका सुजन राई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।

    यसअघि, बुधबारै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

    दमक नगरपालिकाअन्तर्गत्को दमक नगर खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो ।

    प्रतियोगिताअन्तर्गत् बिहीबारको खेल दमक–११ र रुपन्देही–११ बीच हुने आयोजकले जनाएको छ ।

    १० टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १३ लाख ११ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij