प्रकाशित मिति : बुधबार, बैशाख २६, २०७५
आज मिति ः–२०७५-०१-२७ गते विहीवार,तदनुसार १० मे २०१८, ज्येष्ठ कृष्ण पक्ष दशमी तिथि साँझ २० : १९ बजे सम्म । आजको नक्षत्र शतभिषा विहान ०९:३१ सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ ९८४७८२२७११,९८६८६५११२१, ९८४७८३३६२३
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । मीष्ठान्न भोजन तथा धनलाभहुने दिन रहेको छ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । आज तपाइका लागि सहयोगी हातहरु प्रशस्त भेटिने छन् ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेकोछ । उत्तम वस्त्र प्राप्त हुनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । वादविवाद तथा झगडा हुन सक्ने छ । मनमा चिन्तित वढने छ । जिवजन्तुको भय हुनेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । परिवारबाट पूर्ण सहयोग मिल्नेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । मित्रमिलनले मन साह्रै प्रसन्न हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । धनको नोक्सानी हुने योग छ । वायु विकारले शरीरमा पीडा हुने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने छ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथीभाइहरुबाट पूर्णसहयोग मिल्नेछ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) मनमा असन्तोष बढनेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ विचार पु¥याउनु होला । घाँटिमा समस्या आउन सक्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । सामान हराउन सक्नेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । अध्ययनमा रुचि घट्ने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij