आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्मीलाई हराउँदै मनाङ दमक गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने

  • प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५



  • आर्मीलाई पन्छाउँदै मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

    त्रिभुवन आर्मी क्लबलाई बुधबार टाइब्रेकरमा ५–४ ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो।

    निर्धारित समय १–१ को बराबरीमा खेल सकिएपछि ट्राइब्रेकरबाट खेलको निर्णय निकालिएको थियो।

    टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरेका थिए। आर्मीका भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेको थिए। पेनाल्टीमा आर्मीका दीपक गुरुङले गोल गर्न सकेनन्।

    दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलको ३० औं मिनेटमा टंक बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।

    पहिलो हाफसम्म १-० ले अगाडि रहेको आर्मीले दोस्रो हाफमा गोल खाएको थियो। मनाङका दीपक राईले ४७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थिए।

    खेलको १० औं मिनेटमा आर्मीका कप्तान भरत खवासको क्रस प्रहारलाई मनाङका विदेशी डिफेण्डर फ्लोरेन्टले हेडमार्फत क्लियर गरेका थिए।

    मनाङका विमल रानाको क्रस पासलाई सुजल श्रेष्ठले गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो।

    ५३ औं मिनटमा आर्मीका गोलकिपर विकेश कुथुको हातबाट फुत्किएको बललाई मनाङका अन्जन विष्टले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो।

    ६१ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पाएको अवसरलाई पुनः चुकाएका थिए । उनलाई मनाङका डिफेण्डरले बल प्रहार गर्न रोक्दै बल क्लियर गरेका थिए ।

    खेलमा मनाङका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ द म्याच भए। उनले नगद ११ हजार रुपैया प्राप्त गरे।

    मनाङले उपाधिको लागि शुक्रबार नेपाल पुलिस क्लबसँग फाइनल खेल खेल्नेछ ।

    गत वर्षको सर्वाधिक सफल टोली सेमिफाइनलबाटै घर फर्किएको हो। गत वर्ष ७ वटा नकआउट फुटबलको उपाधि जितेको आर्मीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो।

    गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्नेछन्।

    दमक नगरपालिकाको आयोजनामा वैशाख १९ देखि सुरु प्रतियोगितामा ए डिभिजनसहित १० टिमको सहभागीता थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij