प्रकाशित मिति : शनिबार, बैशाख २९, २०७५
व्यथित यो मन , बुझाउने कोही छौ कि
परें अलमलमा , सुझाउने कोही छौ कि
अनावृष्टि पट्ट फुट्यो मन, जमिन जस्तो
बढ्यो गर्मी झन् , रुझाउने कोही छौ कि
आशीष देऊ भगवान, भाकल गरेको छु
बोको तयार छ , उजाउने कोही छौ कि
बगिरह्थ्यो निर्झर, झरणा मन पहाडमा
थप्प जम्यो तन, जुझाउने कोही छौ कि
खेमराज मल्ल
घोराही, दाङ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij