प्रकाशित मिति : आइतवार, बैशाख ३०, २०७५
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । धनक्षय हुनेछ । अनावश्यक यात्रा हुनेछ । काममा सफलता मिल्ने छैन ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । आफन्तहरु तथा मित्रहरु संग मिलनको योग छ । नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) मनले चिताएको काममा सफलता मिल्ने योग छ लक्ष्यमा मेहनत गरेर लाग्नु होला । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
सरकारी काममा विलम्व हुनेछ । सन्तान तथा आश्रयदाता संग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । शरीरमा वायु विकार देखापर्ने छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउने छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । यान तथा बाहनबाट सुख मिल्ने छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । धनक्षयको योग बनेको छ । सामान हराउने योग छ । चीसोको कारणले वायु विकारको योग वनेको छ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
आफन्त तथा भाइवन्धुहरु संग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । पेट सम्बन्धी समस्या देखिन सक्नेछ । पानीबाट हानीहुने योग छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) आकस्मिक धनलाभ हुने योग छ । वस्त्रादिको प्राप्ति हुनेछ । स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्ने छ । शत्रु पराजित हुनेछन ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । अपव्यको योग बनेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रोगबाट छुट्कारा मिल्ने छ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij