प्रकाशित मिति : आइतवार, बैशाख ३०, २०७५
शिबराज पन्थी, ३० बैशाख गढवा । नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखा दाङको समुदाय उत्थानशिलतामा अभिबृद्धि कार्यक्रमले आईतवार जिल्ला जनस्वास्थ्यको समन्वयमा देउखुरी राप्तीपारीका ६ वटा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवामा एक कार्यक्रमको आयोजना गरी गढवा, बेला, राजपुर, गंगापरस्पुर, गोवरडिहा र कोईलाबास गरी ६ वटा स्वास्थ्य संस्थाहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोखे्रल र नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्यले संयुक्त रुपमा करिब १४ लाख ५९ हजार बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको कार्यक्रम अधिकृत जगत तामाङले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाका सभापति दिपक कुमार यादवको अध्यक्षता र जिल्ला जनस्वास्थ्य प्रमुख पोखे्रलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा गाउँपालिकाका उपप्रमुख शान्ती चौधरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्य, स्वास्थ्य संयोजक लोकराज पौडेल र ईन्कोर परियोजनाका फिल्ड अधिकृत देविप्रसाद प्याकुरेल लगायतले बोल्नु भएको थियो ।
नेपाल सरकारको लक्ष्य अनुरुप डेनिस रेडक्रसको सहयोगमा समुदायका मानिसहरुको विपद तथा स्वास्थ्य स्थितीमा सुधार ल्याउन स्वास्थ्य सामाग्री वितरण गरिएको रडक्रसले जनएको छ । यस क्षेत्रका गढवा र राजपुर गरी २ गाउँपालिकाका १५ वटै वडाहरुमा बिगत एकबर्ष अगाडी देखि ईन्कोर परियोजनाले विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति निर्माण गरी परिचालन गर्न थालेको छ र पन्ध्र वडाहरुमा ४६ वटा विपद् तथा जलबायु उत्थानशिल समूहहरु निर्माण गरी प्रत्येक वार्डमा एक एक जना स्वयंसेवकहरु समेत परिचालन गरेको बताईएको छ ।
आईतबार वितरण गरीएका स्वास्थ्य सामाग्रीहरुमा वेटिङ कुर्सी, विरामी सुत्ने बेड, डेलीभरी सेट, कण्टीनर, डेलीभरी बेड, फाईल र्याक, सर्जिकल ग्लोब्स, आउट स्कोप, स्थेस्कोप, विपी सेट, एण्टी सेट, डे«सीङ सेट, हिटर, ईम्प्लाण्ट सेट, बेटिङ चेयर, पेरीगल लाइट, आई भि स्ट्याण्ड, फुट स्ट्रिप, बेवी वेट मसिन, अटो क्लेभ, वेट मसिन, डिजिटल थर्मोमिटर, एण्टी सेट लगायतका सामाग्रीहरु रहेका छन् ।
कार्यक्रमको सञ्चालन उपशाखा गढवाका सचिव शिबराज पन्थीले गर्नुभएको थियो भने ईन्कोर कार्यक्रमका अधिकृत जगत तामाङले सामाग्री वितरणको उद्देश्यबारे जानकारी गराउनु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij