आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैंग्लोरले पञ्जाबलाई १० विकेटले हरायो, आज कोलकाता र राजस्थान भिड्ने

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १, २०७५



  • काठमाडौं, जेठ १ । किङ्स ईलेभेन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्ले अफ् चरणमा पुग्ने संभावना जिवित राखेको छ ।

    गएराती भएको खेलमा ८९ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले ८ ओभर १ बलमा विना कुनै विकेटको क्षतिमा जित हासिल गर्‍यो ।

    जितपछि पनि सातौं स्थानमै यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं स्थानको मुम्बई इन्डियन्सको पनि १० अंक छ ।

    १२ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा झर्दा समान १२ अंक नैं जोडेको राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ । तेस्रो स्थानको कोलकाता नाइट राइजर्सको पनि १२ अंक नैं छ ।

    पञ्जाव विरुद्ध हिजोको खेलमा बैंगलोरका कप्तान विराट कोहली ४८ र पार्थिव पटेल ४० रनमा अविजित रहँदै टोलीलाई जित दिलाए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १५ ओभर १ बलमा सबै विकेट गुमाएर ८८ रन मात्रै जाडेको थियो ।

    आइपीएल क्रिकेटमा आज कोलकाता नाईट राईडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij