आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर बाहिरियो

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ६, २०७५



  • काठमाडौं, जेठ ६ । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले अफ्मा छनौट भएको छ ।

    हिजो भएको खेलमा हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । हैदरावाद र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् ।

    प्ले अफ पुग्न अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ । राजस्थान रोयल्स, मुम्बई इण्डीयन्स र किङ्स ईलेभेन पञ्जाव मध्ये एउटा टोली प्ले अफ्मा पुग्नेछ ।

    विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोर भने लिग चरणबाटै बाहिरिएको छ । गएराती भएको खेलमा राजस्थान रोयल्ससँग ३० रनले पराजित भएपछि बैंग्लोरको यात्रा टुंगिएको हो ।

    आईपिएल क्रिकेटमा आज दुई खेल हुनेछन् । लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डीयन्स र दिल्ली डेयरडेभिल्स तथा किङ्स ईलेभेन पञ्जाव र चेन्नाई सुपर किङ्स भिड्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij